११ असार २०७९, शनिबार

एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डकाे कीर्तिमानी याेगफल, बन्याे ४९८ रन

काठमाण्डाै – इङ्ग्ल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक योगफल बनाएको छ ।

नेदरल्यान्ड्सँगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै चार सय ९८ रन बनाउँदै आफ्नै कीतिमान तोडेको हो । यो एकदिवसीय इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि सन् २०१८ मा इङ्ग्ल्यान्डले अस्ट्रेलियासँगको खेलमा चार सय ८१ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डले सर्वाधिक योगफल बनाउँदा जोस बटलरले ७० बलमा नटहाउट एक सय ६२ रन बनाए । उनले १४ छक्का र सात चौका प्रहार गरे । यस्तै डेविड मलनले एक सय २५, फिलिप साल्टले एक सय २२ र लायम लिभिङस्टोनले २२ बलमा ६६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले दुई विकेट लिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट