महाराजगंज नगरपालिकाद्धारा राज्यमन्त्री रीना नेपाल सम्मानित

सेयर गर्नुहोस

कपिलबस्तु-
कपिलबस्तुको महाराजगंज नगरपालिकाले आज एक कार्यक्रम बिच लुम्बिनी प्रदेशको पर्यटन ग्रामिण तथा शहरी बिकास राज्य मन्त्री रीना नेपाल लाई सम्मानित गरि मायाको चिनो समेत प्रदान गरेको हो ।

महाराजगंज नगरपालिकाको चौतर्फी बिकासमा अहम भुमिका निर्वाह गर्नु भएको र बिकास निर्माणमा हरेका तप्काबाट सहयोग गर्दै आउनुभएकोमा उहाँको सम्मान गरिएको महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री तथा नेपाल सरकारका पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्य महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम तथा नगर उप-प्रमुख रीता कुमारी कुर्मीको पहलमा लुम्बिनी प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/८० को लागि शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार,पर्यटकीय क्षेत्र तथा ग्रामिण बस्ती बिकासको लागि रु ३०करोड बिनियोजन भएको लुम्बिनी प्रदेशको पर्यटन ग्रामिण तथा शहरी बिकास राज्य मन्त्री रीना नेपालले मन्त्रालय बाट बजेट बिनियोजन गरिएको जानकारी गराउनु भयो । आफुले महाराजगंज नगरपालिकाको लागि खानेपानीको बजेट बिनियोजन समेत गरेको बताउनु भयो । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित हुनुभएका सम्पुर्ण जनप्रतिनिधीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्नु भयो ।

Facebook Comments Box