ठेकदार जि.सी. द्धारा पत्रकार धोवीलाई धम्की ।।
कपिलवस्तु ।
बैशाख ,५
कपिलवस्तुको सुरही नाकाबाट मापदण्ड विपरित नदि जन्य पदार्थको निकासी भइरहेको जनगुनासो बढे पछि स्थानिय पत्रकारहरुको टोलीले सुरही खोलको स्थलगत अनुगमन र रिपोर्टि गर्यो । अनुगमन पश्चात पत्रकार टोलीले ठेकेदार पक्षका शिवराज नगरपालिका १ का सरोज जि.सी. संग नदी जन्य पदार्थ निकासीका लागि बुझ्न खोज्दा रेडियो शिवराजका स्टेशन म्यानेजर सनिउल्ला धोवीलाई अपशव्द प्रयोग गर्दै धम्की दिएका छन ।
ठेकेदार पक्षका सरोज जि.सी.ले पत्रकार धोवीलाई शिवराजबाट पत्ता साफ गरिदिन्छु ,तँ राचीको पत्रकार होस की , काठमाण्डौंको पत्रकार, तलाई कति कमिसन चाहिएको हो भन, भन्दै धम्की दिएका छन । प्रेस स्वतन्त्रता माथीको यस्तो ठाडो हस्तक्षेपको निन्दा गर्दै रेडियो शिवराज एफ.एम. ले सामान्य जानकारी लिन खोज्दा धम्की दिने जि.सी. माथी जिउधनको सुरक्षाको माग गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटामा लिखित निवेदन समेत दिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका अन्तरगत पर्ने सुरही खोलाबाट ठेकेदार पक्षले मनपरी नदी जन्य पर्दाथ निकासी गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय कपिलवस्तुले दिपिका सप्लायर्सलाई दिएको सुरही खोलामा मापदण्ड विपरित नदी जन्य पदार्थ निकासी भैरहेको छ ।
ढुगां गिटी वालुवा तथा ग्रेभलको अन्तरिक निकासीका लागि आर्थिक बर्ष २०७४,७५ का लिएको दिपिका सपलायर्स मोतिपुर ४ कपिलवस्तुले मनपरी निकासी गरीरहेको छ । खोलानाला बाट ढुगांगिट्टी निकासी सरकारले तोकेको मापदण्ड अनुसार निकाल्नु पर्नेमा सुरही खोलामा ठेकेदारहरुलेमनपरी प्राकृतिक स्रोतको दोहन गरी नदी जन्य पदार्थ निकासी गरेका छन । खोलाको सतहबाट निकालिने ढुगां, गिटि,वालुवा सतह भन्दा गहिरो र मापदण्डले तोके भन्दा बाहिरबाट निकाली निकासी गरेका छन ।
पत्रकार धोवि रेडियो शिवराज एफ.एम. का स्टेशन म्योजनर, पत्रकार महासंघ कपिलवस्तुका कार्य समिति सदस्य, राष्टिय समाचार समिति, जनता टेलिभिजन , मेचीकाली दैनिक पत्रिका, , अनलाइन खबर लगायतका संचार माध्यममा आवद्ध छन ।।