१५ चैत्र २०८०, बिहीबार

चीन सबैभन्दा ठूलो ह्याकिङ शक्ति’, तारोमा अमेरिकी र भारतीय

एजेन्सी । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ ।

पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । रुस, इरान र उत्तर कोरियाबाट पनि यस्तो खतरा रहेको उल्लेख छ ।

साइबर सञ्चालकहरुले संवेदनशील डाटा चोर्ने, विभिन्न कम्पनीको प्रविधि चोरी गर्ने, उत्पादनका सूत्रहरु समेत चोर्ने गतिविधि गरिरहेको खबर छ । अरबौं बौद्धिक सम्पत्ति चोरीको विषय पनि उठेको छ ।

सबैभन्दा बढी अमेरिकाबाट डाटा चोरी भएको एफबीआइका निर्देशक क्रिस्टोफर रे ले बताएको सिंगापुर पोष्टले लेखेको छ । अमेरिकीहरुको व्यक्तिगत डाटा पनि चोरी भएको उल्लेख छ । धेरै अमेरिकी कम्पनीहरु ह्याकरको जासुसीको तारोमा परेको स्वीकारिरहेका छन् । चिनियाँ ह्याकरहरुले भारतमा पनि तारो बनाएको खबर छ । त्यहाँको ऊर्जा क्षेत्रमा केही महिना अघि तारो बनाएको खुलेको थियो ।

धेरै कमेन्ट गरिएका