जिसस कपिलवस्तुको प्रमुखमा गोला प्रथाबाट एमालेका आचार्य विजयी

सेयर गर्नुहोस

कपिलवस्तु –जिल्ला समन्वय समिति जिसस कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १० र१० मत प्राप्त गरे गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।

यस्तै उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको हो । जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका हुन् । यस्तै गरी सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भन्डारी ,सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल खाँ निर्बाचित भएका हुन् ।१० र १० मत आएर दुबैको परिणाम समान भएको हो ।

जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा माओवादी केन्द्र संग गठबन्धन गरेको थियो भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच चुनावी तालमेल गरेको थियो ।

Facebook Comments Box