१४ बैशाख २०८१, शुक्रबार

आईएमएफको एसिया-प्रशान्त निर्देशकमा भारतीय मूलका कृष्ण श्रीनिवासन नियुक्त, यस्तो छ पृष्ठभूमि

काठमाडौं। अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया तथा प्रशान्त विभागको निर्देशकमा भारतीय मूलका कृष्ण श्रीनिवासन नियुक्त भएका छन्।

आईएमएफकी प्रबन्ध निर्देशक क्रिष्टियाना जर्जिएभाले आज (८ जुनमा) एसिया-प्रशान्त विभागको निर्देशकमा श्रीनिवासनलाई नियुक्त गर्ने घोषणा गरेको आईएमएफद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

श्रीनिवासनको नियुक्ती आगामी जुन २२ बाट जिम्मेवारी सम्हाल्ने गरी लागू हुने जनाइएको छ।

निर्देशकमा नियुक्त श्रीनिवासन अहिले आईएमएफको एसिया-प्रशान्त विभागमै उपनिर्देशकको भूमिकामा छन्। उनले चाङयोङ रिहीलाई निर्देशकमा प्रतिस्थापन गर्न लागेका हुन्। रिहीले गत मार्च २३ मा आईएमईफबाट अवकाश लिने घोषणा गरेका थिए।

श्रीनिवासनसँग २७ वर्ष आईएमएफमै काम गरेको अनुभव छ। उनले १९९४ मा अर्थशास्त्रीका रुपमा यसमा प्रवेश गरेका थिए।

हाल उपनिर्देशकका रुपमा उनले चीन र कोरियाजस्ता ठुला देशका साथै फिजी र भानुआतु जस्ता साना मुलुकहरुसम्मको निरिक्षणको जिम्मेवारी निर्वाह गरिरहेका छन्। यसका साथै उनले आसियानका मलेसिया, सिंगापुरसहित विकासित मुलुकहरु अष्ट्रेलिया र न्युजिल्याण्डको पनि आईएमएफका तर्फबाट निरिक्षण तथा निगरानीको भूमिकामा काम गरिरहेका छन्।

यसअघि २००८-०९ को विश्वव्यापी वित्तीय संकटका दौरान श्रीनिवासनले आईएमएफको अनुसन्धान विभागमा बसेर कोषको जी२० केन्द्रित अनुसन्धान कार्यको नेतृत्व गर्दै ‘जी२० मिनिस्टर्स एन्ड लिडर्स’ भेलाका लागि कोषका तर्फबाट विश्लेषणात्‍मक कार्यपत्र समेत तयार पारेका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट