पाकिस्तानमा महंगाई चरमसिमामा , ग्यासको मूल्य ४५ प्रतिशतले बृद्धि

सेयर गर्नुहोस

इस्लामावाद : पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्।

पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्यासको मूल्य बृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो।

प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी (एसएसजीसी) ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म बृद्धि गर्दा अहिले बिक्री मूल्य १००७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। नयाँ तय गरिएको मूल्य जुलाई १ देखिमात्रै लागू हुने पनि प्राधिकरणले जनाएको छ।

त्यसैगरी विद्युत महशुलमा पनि बृद्धि गरिएको छ। विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत बृद्धि गरिएको जनाएको छ।

दैनिक उपभोग्य ग्यास र विजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य बृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य बृद्धि फिर्ता लिन माग पनि गरेका छन्। – एएनआई/रासस

Facebook Comments Box