चीनले सिमा मिचेकै हाे भन्दै एमाले अध्यक्ष ओलीलाई हुम्लाकी सांसदले राेसेटम बाटै गरिन च्यालेन्ज
काठमाडौं । हुम्लाकी सांसद रंगमति शाहीले उत्तरी छिमेकी चीनले हुम्लामा सीमा नमिचेको भनेर बचाउ गर्ने प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको संसदबाटै आलोचना गरेकी थिईन ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहीले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले चीनको बचाउ गर्ने हिसाबले नमिचिएको भूमि मिचिएको छ भनेर बवण्डर मच्याइयो भनेर झुटा भाषण गरेकोमा आपत्ति जनाएकी हुन् ।
उनले ओलीलाई समय दिन आग्रह गर्दै सीमाको तस्बिर नै देखाएर कहाँ कहाँ मिचिएको छ भनेर देखाउने पनि च्यालेन्ज गरिन् ।
आफू स्थलगत अवलोकनमा गएको जानकारी गराउँदै सिंहदरबार र हेलिकोप्टरमा नदेखिएको मिचिएको भूभाग आफूले तस्बिरमार्फत देखाउने चुनौती दिइन् ।
‘हुम्ला पुगेर सीमा मिचिएको छैन भन्नुभयो । पहिला सिंहदरबारबाट मिचिएको देखिएन। अस्ति हेलिकोप्टरबाट पनि देख्नुभएनछ,’ उनले भनिन्, ‘म चुनौती दिन चाहन्छु म त्यहाँ स्थलगत भ्रमण गरेर आएको छु, म सँग फोटो छ । मैले तपाईलाई फोटो हेर्न आउन त भन्दिन । तपाईले समय दिनुहुन्छ भने म यो फोटो देखाएर कहाँ कहाँ के के भएको छ भन्ने कुरा ब्रिफिङ गर्छु । अनि त्यसपछि मात्र मलाई जवाफ दिनुहोला । हुम्ली जनतालाई जवाफ दिनुहोला ।’
सांसद शाहीका पुर्व प्रधानमन्त्री केपी शर्माओलीप्रतिकाे टिप्पणी समाजिक संजालहरुपनि व्यापक चर्चा पाएकाे छ ।
