वाइडेनको चेतावनीलगत्तै चीनद्वारा ताइवान वरिपरि सैन्य अभ्यासको घोषणा
एजेन्सी । चीनले कुनैपनि बेला ताइवानमाथि कब्जा जमाउने रणनीति बनाइसकेको छ । चीनको यो रणनीति गत वर्ष नै खुलेको थियो । एकीकरणको नाममा २०२५ भित्र ताइवानमाथि नियन्त्रण बनाउने चीनको योजनाबारे खुल्ला बहस बेइजिङमै भएको थियो ।
चीनले ताइवानमाथि कब्जा जमाउन पूर्वतयारी गरिरहेको विषय बाहिर आइसकेको छ । उसले इन्धन र आवश्यक कच्चा पद्धार्थ वर्षौं सम्म पुग्ने गरी जोहो गरिरहेको छ । चीनको यो गतिविधिप्रति अमेरिकाले कडा भनाई सार्वजनिक गरेको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले ताइवानमाथि चीनले हमला गरे हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । वाइडेनको अभिव्यक्तिलगत्तै चीनले ताइवानको वरिपरि सैन्य अभ्यासको घोषणा गरेको छ । त्यहाँ सैनिक गतिविधि बढाएको छ । ताइवानको वरिपरि चीनले हवाई र सामुन्द्रिक युद्ध अभ्यास गर्ने बताइएको छ ।
चीनले ताइवानलाई आफ्नो भूमि भनी दाबी गर्दै आएको छ । तर, अमेरिका, जापानलगायतका देशहरुले ताइवानलाई साथ दिदै आएका छन् । उनीहरुले ताइवानको रक्षाका लागि चीनको प्रतिकार गरिने चेतावनी समेत दिइरहेका छन् ।
युक्रेनमाथि रुसी हमलापछि चीनले पनि ताइवानमा हमला गर्ने चर्चा चल्ने गरेको छ । त्यसका लागि चीनले निकै लामो तयारी गरिरहेको विषय बाहिर आइरहेको छ ।
…….
नेपाल-भारत कविता वाचन
काठमाडौं, १२ जेठ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल(भारत कविता वाचन कार्यक्रम आज काठमाडौंमा सम्पन्न भयो ।
नेपालका वरिष्ठ साहित्यकार डा। तुलसी प्रसाद भट्टराई प्रमुख आतिथि रहेको कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार , त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतको उपस्थिति थियो ।
राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गर्यो । प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्यो। प्रतिष्ठानका महासचिव मधु पाठकले सो सम्मान पत्र वाचन गरेका थिए । राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले कवि शांण्डिल्यलाई सम्मान गर्यो ।
प्रमुख अतिथि भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए । नेपाल(भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु , अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे । राजेन्द्र शलभ, स्नेह सायमी , उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा। मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा। ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा। विनोद कुमार विश्वकर्मा, डा। वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कविता वाचन गरे ।
कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बोल्दै दोहा तथा गजल वाचन गरे । सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरे । कवि एवम् राष्ट्रिय साहित्य प्रतिष्ठानका सचिव रञ्जना निरौला कार्यक्रम उद्घोषक हुनुहुन्थ्यो भने प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे कार्यक्रमको सभापति थिए ।
