महंगी रोक्न भारत सरकारले चिनी निर्यातमा सशर्त प्रतिबन्ध गर्याे

सेयर गर्नुहोस

विश्वमै बेलगाम बढीरहेको महंगीबाट भारतलाई जोगाउन भारत सरकारले अर्को ठूलो कदम चालेको छ। यसपटक मोदी सरकारले चिनी निर्यातमा सशर्त प्रतिबन्ध लगाएको छ ।

बेलगाम मुद्रास्फीति नियन्त्रण गर्न मोदी सरकार निरन्तर लागिरहेको छ । पछिल्लो दश दिनमा एकपछि अर्को ठूला निर्णयहरु भएका छन् । जसमा गहुँ निर्यातमा प्रतिबन्ध र पेट्रोलको मूल्य घटाउन अन्तःशुल्क घटाउने जस्ता ठूला कदमहरू समावेश छन्। यसै क्रममा मंगलबार भारत सरकारले चिनी यस वर्षको चिनी निर्यातको परिमाण निर्धारण गर्ने निर्णय गरेको छ ।

ब सन् २०२१–२२ मा १०० लाख मेट्रिक टनभन्दा बढी चिनी निकासी गर्न पाइने छैन । श्रोतका अनुसार अहिले मुलुकमा चिनीको मौज्दातको चिन्ता नरहेको तर यस वर्ष विगत ६ वर्षको तुलनामा सबैभन्दा बढी चिनी निकासी भएकाले सावधानीका रुपमा यो कदम चालिएको हो । यस्तो अवस्थामा आन्तरिक बजारमा चिनीको वैकल्पिक उपलब्धता सुनिश्चित गर्न भारत सरकारले यो निर्णय गरेको हो ।

भारतको सरकारी तथ्यांकअनुसार सन् २०१७-१८ मा ६.२ लाख मेट्रिक टन, सन् २०१८-१९ मा ३८ लाख मेट्रिक टन, २०१९-२० मा ६० लाख मेट्रिक टन, गत वर्ष २०२०-२१ मा ७० लाख मेट्रिक टन चिनी निर्यात भएको थियो। यस वर्ष चिनी निर्यातमा ऐतिहासिक वृद्धि भएको छ । तथ्यांकअनुसार २०२१-२२ मा हालसम्म ९० लाख टन चिनी निर्यातका लागि सम्झौता भइसकेको छ, जसमध्ये ७९ लाख मेट्रिक टन चिनी निकासी भइसकेको छ ।

६ वर्षपछि पहिलोपटक प्रतिबन्ध

भारतमा विगत ६ वर्षमा चिनी निकासीमा यस्तो प्रतिबन्ध लगाइएको यो पहिलो पटक हो । खाद्य मन्त्रालयले निर्यातकर्ता र चिनी मिलहरूलाई जारी गरेको सल्लाहमा असार १ गतेदेखि चिनी निकासीका लागि निर्यातकर्ताले विशेष अनुमति (एक्सपोर्ट रिलिज अर्डर) लिनुपर्ने बताएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले मुलुकमा चिनीको औसत खुद्रा मूल्य प्रतिकिलो ४१ रुपैयाँ छ ।

यसको साथै भारत सरकारले मंगलबार घरेलु बजारमा खाद्य तेल सस्तो बनाउनका लागि आगामी दुई वर्षका लागि कच्चा भटमास र सूर्यमुखी तेलको आयातमा विशेष छुट दिने घोषणा गरेको छ । सरकारले २०–२० लाख मेट्रिक टनसम्मका यी दुई तेलको आयातमा भन्सार नलाग्ने निर्णय गरेको छ । एबीपी न्युज

Facebook Comments Box