महराजगंज ७ मा वडाअध्यक्षमा जप्रपाका रामरुप बढ़ई (बाठे) भारी मतले बिजयी
प्रतिमा विश्वकर्मा ,कपिलवस्तु ।
कपिलवस्तुको महराजगंज नगरपालिका वार्ड नं. ७ मा जनता प्रगतिशील पार्टी ( जप्रपा ) को प्यानल विजयी भएको छ । जप्रपाका वडा नं. ७ का अध्यक्ष उम्मेदवार रामरूप बढई (बाठे)को पुरा प्यानल नै निर्वाचित भएको हो ।
बढईले कुल १ हज़ार २५ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्ववार् अब्दुल समद मुसलमानले ६८६ मत प्राप्त गरेका छ्न् । त्यसै गरि महिला सदस्यमा शुसिला यादव, दलित महिला सदस्यमा उर्मिला चमार, खुल्ला सदस्यहरुमा तेजभान मिश्र र दिप कुमार केवटले बिजय हासिल गरेका छन् ।
Facebook Comments Box
