सरकारको नीति तथा कार्यक्रममा भारत र चीनबाट काठमाडौं रेल ल्याउने योजना
काठमाडौं । सरकारले भारत र चीनबाट रेल ल्याउने योजनालाई निरन्तरता दिएको छ।
राष्ट्रपतिद्वारा संसद प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले चिनियाँ सीमा रसुवागढी-केरुङबाट काठमाडौंसम्म रेल ल्याउन सम्भाव्यता अध्ययन योजना राखेको छ।
त्यसैगरी भारतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज हुँदै काठमाडौं रेल ल्याउनका लागि पनि सम्भाव्यता अध्ययन गर्ने नीति कार्यक्रममा उल्लेख छ।
त्यसैगरी काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने सरकारको योजना छ।
Facebook Comments Box
