उपप्रमुख लगायत नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण

सेयर गर्नुहोस

कृष्णनगर, जेष्ठ ९ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नवनिर्वाचित नगर प्रमुख रजत प्रताप शाहले पदभार सम्हालेपछि उपप्रमुख लगायत सबै पदाधिकारीलाई शपथ ग्रहण गराउनुभयाे ।
नगर प्रमुख शाह आज नगरपालिका पुगेर उपप्रमुख आरतीदेवी चाैधरी लगायत १२ वडाध्यक्ष र ४८ जना सदस्य समेतलाई शपथ ग्रहण गराउनुभएकाे छ ।
नवनिर्वाचित सबै पदाधिकारीहरुलाई प्रत्येक गाउंका याेजना छनाैटमा काखपाख नगरि सबैलाई सामानता अनुभूति हुने बनाउनुपर्नेमा नगरप्रमुख शाहले जाेड दिएका थिए । त्यस्तै उपप्रमुख आरती देवी चाैधरीकाे पहिलाे कार्यकाल भएकाले धेरै कुरा सिकदै जनतालाई न्यायिक सेवामार्फत समाजिक बिकासमा प्रयासरत रहने बताउनुभयाे ।

Facebook Comments Box