सांसद शाहकाे पहलमा २८ कराेडकाे सडक शिलान्यास

सेयर गर्नुहोस

सुधान्शु गिरी
कृष्णनगर , जेठ ९ ।

मिति २०७९/०२/०९ गते दिन सोमवार लुम्बिनी प्रदेश कपिलवस्तुको कृष्णनगरका संघिय सांसद अभिषेक प्रताप शाह द्वारा अथक प्रयास बाटा कृष्णनगर, लक्षमीनगर, सिर्सिहवा, बालानगर, बेदमऊ, हरिगवा, लालपुर, मधुनगर हुँदै झुलनिया (सिर्सिहवा- बालानगर- झुलनिया सडक ७.५ किलोमिटर ) चौराहा सम्मा कालो पात्रे पिच निर्माण प्रारम्भमा भएको अवस्थामा सडक शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

यस कार्यक्रमको आध्यक्ष वडा नं. ४ को वडाध्यक्ष घनश्याम अग्रहरी, कृष्णनगर नगर प्रमुख (मेयर) रजत प्रताप शाहं, संघिय सांसद अभिषेक प्रताप शाह, कार्यक्रम आयोजक तथा सांसद प्रतिनिधि र वडा नं. १० को नव निर्वाचित वडाध्यक्ष हरि पाल चतुर्वेदी, सुर्य प्रताप सिंह लगायत विभिन्न राजनैतिक, समाजिक, व्यक्तिहरुको उपास्तिथि थियो ।  कार्यक्रमको उद्घोषण सन्नीउल्ला घोबीले गरेका थिए ।

सुरक्षा निकायका सिर्सिहवा चौकीका स.ई.- पवन पाण्डे र टोली सहित तथा शास्त्र प्रहरी बलका जनक शाही उपथित थिये ।

ठेक्का विवरण –
कार्यान्वयन गर्ने कार्यालय- सडक विभाग, सडक डिभिजन शिवपुर ।
इन्जिनियर – निशा वेलवासे (सडक विभाग डिभिजन, शिवपुर)
अयोजनाको नाम – कृष्णनगर, लक्षमीनगर, सिर्सिहवा, बालानगर, बेदमऊ, हरिगवा, लालपुर, मधुनगर हुँदै झुलनिया ( ७.५ कि.मि. )
ठेक्का नं. – RDSPR/337011764/078/79-27
सम्झौता मिति – २०७९/०१/१४
सम्झौता बामोजिम कार्य सम्पन्न गर्नुपर्ने मिति – २०८१/०१/१३ (२४ महिना)
निर्माण व्यवसायको नाम- कश्यप/महेश/सत्यवती जे.भी.
सम्झौता रकम- १५ करोड ३० लाख ९ हजार ७ सय ३१ रुपैया ०२ पैसा (पी.एस तथा मु.अ.का बाहेक)

ठेक्का सम्बन्धी मुख्य मुख्य क्रियाकलाप –
सडकको लम्बाई – ७.५ कि.मी.
पाईप कल्भर्ट संख्या – १२ वटा
स्ल्यब कल्भर्ट संख्या – ५ वटा
नालीको लम्बाई – ३ कि.मी. (बस्ती क्षेत्रमा)
सडकको चौडाई (Main carriage way/ गाडी गुडने भाग)
सडकको चौडाई (Shoulder सहित) – ८.५ मि.

सांसद अभिषेकका अनुसार सडकको कार्य राम्रो, निस्पक्ष, मिलावट रहित, सरकारी मापदण्ड अनुसार नै गर्ने । कुनै प्रकारको कमी अथवा मिलावटी भयो भने कार्वाही हुने र राम्रो कार्य भयो भने सांसद तथा नगरपालिका बाटा प्रशांस पत्र दिने छ जुन चाहिँ भविष्यमा उपयोगी हुनेछ ।

जुन तरिकाले नगरको विभिन्न सडक बनाउने काम भईरहेको छ आशा उम्मिद छ त्यही तरिकाले यो सडकको काम हुने छ । जनताको लागि मा र मेरो कलम तात्पर्य रहने छु । पहिला पनि थिये अहिले पनि छु र भविष्यमा पनि रहने छु – कृष्णनगर नगर प्रमुख (मेयर) रजत प्रताप शाह ।

यस योजना अन्तर्गत कुनै पनि कार्य भएमा मा हरेक पल तयरी अवस्थामा रहने तथा मद्दत गरने छु – घनश्याम अग्रहारी ( ४ नं.वडाध्यक्ष )

भुमी पुजन र जे.सी.भी को पंडित बाल कृष्ण चतुर्वेदी द्वारा पुजा गरि कार्यक्रमको समापन्न गरियो ।

Facebook Comments Box