१५ बैशाख २०८१, शनिबार

अधिकार र स्वाभिमान बचाउन मधेशी दल राेज्न नेताहरुकाे अाग्रह ।।

जाबेद र अर्जुनकाे जनमत बढने सम्भावना
कपिलबस्तु, मंसिर १७ । अा-अाफ्ना एजेन्डाका साथ हिजाे अन्तिम शानिबारकाे माैका छाेपी कृष्णनगर बजारमा विभिन्न दलहरुकाे चुनावी सभाले तिब्रता पाएकाे थियाे ।
मधेशबादी दल राजपा र फाेरमकाे सभामा उपस्थित विभिन्न दिग्गज नेताहरु बजारमा अाएका सर्वसाधारणलाई लुभाउने र कांग्रेस तथा बामगठबंधनले मधेशका जनता माथि गरिरहेकाे शाेषण र अधिकार कटाैती जस्ता मुद्दाहरु मै केन्द्रीत थिए ।
कपिलबस्तु प्रतिनिधि सभा ३ का उम्मेदवार संघीय समाजबादी फाेरम नेपालका मंगल प्रसाद गुप्ताले संविधानमा मधेशी जनताकाे जनभावना र अधिकार सम्बाेधन फाेरम नेपालले मात्र सम्भव रहेकाे दाबी गरेका छन । जनसभालाई सम्बाेधन गर्दै वहांले संसदमा मधेशीदलकाे बहुमतले मात्र संशाेधन सम्भव भएकाेले फाेरमलाई भाेट गर्न अाग्रह गरेका छन । देशमा बामगठबंधनले राजनितिक अस्थिरता ल्याएर अाम जनमानसमा त्रास पैदा गरि द्वन्द्वकाे दलदलमा पठाईने षड्यन्त्र गरेकाे प्रदेशसभा ३(ख)का उम्मेदवार शैलेष प्रताप शाहकाे अाराेप रहेकाे छ । बामगठबंधनले गुण्डा ,तस्कार ठेकेदारहरुलाई उम्मेद्वार बनाई साेझा जनतालाई फकाउन खाेजेकाे छ ,तर मधेशी जनताले अाफुलाई गाेली खुअाउने एमाले ,कांग्रेस र माअाेबादीलाई बुलेटकाे जबाफ बैलेटबाट दिने शाहकाे भनाई थियाे । मधेशकाे मुद्दा मरेकाे छैन ,अधिकारका लागि हामी सडक अान्दाेलन गर्याैं अब बैलेट अान्दाेलन काे पारी छ अाफ्नाे भाेट मसालमा गरेर फाेरमलाई विजयी बनाउन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले अाग्रह गरेका थिए।
त्यसैगरि राजपाका वरिष्ठ नेता तथा समानुपातिक उम्मेदवार इकबाल अहमद शाहले मंचबाटै मधेशीदल लाई भाेट गरेमा मात्र हाम्राे अधिकार सुनिश्चित हुने दाबी गरे । कपिलबस्तु प्रतिनिधि सभा ३ उम्मेदवार नरसिंह चाैधरीले खसबादी दलमा गएका मधेशी नेताहरुलाई भष्टाचारीकाे अाराेप लगाउदै भन्छन ‘दलबदलु नेताहरुले मधेशी जनता धाेखा मात्र गरेका छन , यिनीहरु अाफ्नाे भ्रष्टाचार लुकाउन कांग्रेस एमालेमा गएका छन ।
कृष्णनगर बाजार भित्र अन्य दलहरुकाे मञ्च र चुनावी प्रचार प्रसार पनि अाजबाट अन्तिमरुप दिएका छन । अब घरदैलाेमा मात्र चुनावी प्रचार सिमित राख्ने दल प्रतिनिधिहरुले जनाएका छन ।

कपिलबस्तु ३(क) प्रदेश सभाका राजपा उम्मेदवार रविदत्त मिश्र तथा फाेरम नेपालका कृष्ण कुमार चाैधरीकाे प्रतिस्पर्धा देखिए तपनि बामगठबंधनका अर्जुन केसीले बढ्त बनाएकाे देखिन्छ भने ३ (ख) मा फाेरम नेपालका शैलेष प्रताप शाह र राजपाका रामप्रकाश चाैधरी बीच प्रतिस्पर्धा देखिए तपनि मुस्लिम भाेटर्सका ध्रुवीकरण भए बामगठबंधनका जावेद खान ले बाजी मार्ने संकेत पाईएकाे राजनितिक बिश्लेषकहरुकाे भनाई छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट