जप्रपा केन्द्रीय महासचिवकै वडामा निवर्तमान वडाध्यक्षकाे हार, जावेदकाे विजय
कपिलवस्तु , जेठ ३ । जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे वडा ६ मा जनता प्रगतिशील पार्टीका उम्मेदवारले हार वेहाेर्नु परेकाे छ ।
जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव एवं पुर्वराज्य मन्त्री इश्वर दयाल मिश्रले नामांकन कै दिन पार्टी प्रवेश गराएका नेपाली कांग्रेसका कृष्णनगर नगरपालिका नगरकमिटि संयाेजक अनुप शुक्लालाई वडा ६ मा जिताउन नसकेकाे आराेप प्रत्याराेप लाग्न थालेकाे छ। उम्मेदवार अनुप शुक्ला निवर्तमान वार्ड अध्यक्ष थिए र कर्मा ,भिल्मी गाउंमा राम्राे प्रभुत्व बनाएका नेता मध्ये एक हुन । भिल्मी निवासी नेकपाबाट वडाध्यक्ष उम्मेदवार जावेद आलमले ८८८ मत ल्याइ प्रतिद्वन्द्वी अनुप शुक्लालाई ३१८ मतान्तरले पराजय गरेका छन । अर्का उम्मेदवार माओवादी केन्द्रबाट बृजेन्द्र कुमार शुक्ला (बिरु)ले पनि शुक्ला कै केही भाेट बांडेकाले पराजय भएकाे स्थानीय बताउँछन् ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट चुनाव लडेका शुक्ला तत्कालिन अब्दुल गफ्फारलाई पराजित गरि जीत हासिल गरेका थिए । तिनै अब्दुल गफ्फारकाे छाेरा जावेद आलम नेकपा एमालेबाट निर्वाचित भएपछि वडाबासी खुशी व्यक्त गरेका छन ।
