एमालेले कटायो शतक, कुन पार्टी कति स्थानीय तहमा विजयी ?

सेयर गर्नुहोस

काठमाडौं। गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतगणनाअनुसार दोस्रो स्थानमा रहेको नेकपा एमालेले शतक कटाएको छ ।

एमालेले मंगलबार साँझसम्म १०१ स्थानमा विजय हासिल गरेको छ भने जारी मतगणनाअनुसार सो पार्टीले दोस्रो स्थान हासिल गरेको छ।  यता नेपाली काँग्रेस सर्वाधिक १५० स्थानीय तह जितेको छ भने माओवादी केन्द्र ७४ स्थानीय तह जित्दै तेस्रो स्थानमा रहेको छ ।

यस्तै एकीकृत समाजवादीले ५ स्थानमा जित्दा स्वतन्त्र उम्मेदवारले ४ स्थानीय तह जितेको छ । जसपा, जनमोर्चालगायतका दलले पनि केही स्थानीय तहमा जितेका छन् ।

Facebook Comments Box