२२ भाद्र २०८१, शनिबार

सुबिधाको नाममा गर्दैछन् ब्यासायीहरु बह्महलुट, सुबिधा नदिने बसमा भाडा भने A.C. कै…

सबारी साधन आवत जावतको लागि मानिसहरुलाई अति आबश्यक बस्तु हो । त्यसलाई प्रयोग गर्दा आबश्यकता अनुसार लागत तिर्नुलाई अन्यथा मानिदैन । जब तपाई कुनै सबारी साधनमा चढ्न भन्दा अगाडी होटलमा मेन्यु राखे जस्तै गरि राखिएका हाम्रा सेवाहरु भन्ने लेखेको देख्नुहुन्छ र सोहि सुबिधाको आसमा A.C. बसको टिकट काट्नु भयो भने संझनुस् तपाईको आशा पानीमा मिलीसकेको छ ।

कुरा हो बेनी, बाग्लुङ्ग, कुश्मा देखि काठमाण्डौं जानको लागि चलेका A.C. बसहरुको । सामान्य बसहरुमा बाग्लुङ्ग देखि काठमाण्डौंको लागि सरकारी भाडा ५५३ रुपैया पर्छ । त्यो बाहेक सरकारले मान्यता दिएका डिलक्स र A.C. बसहरुले २० प्रतिशत बढाएर अर्थात डिलक्सले ६६५ र सुपर डिलक्स् (A.C. ले) ७९६ रुपैयाँ भाडा लिन पाउने प्रावधान रहेको धौलागिरी  अंञ्चल यातायात बस ब्यावसायी समितिका कार्यालय प्रमुख महेन्द्र कडेलले सुचनाकेन्द्र डटकमलाई बताए ।

त्यो प्राबधान भनेको यात्रुहरुलाई उसले दिने भनेको सेवा सुबिधा सहित जोडेर बनाईएको हुन्छ । तर फ्रि बाईफाई, पानी, A.C. एल.ई.डी. टिभी. त्यो पनि प्राय २८ ईन्च भन्दा माथीका सुबिधाको बोर्ड राखेर प्रचार गरि यात्रुहरुसँग सोहि अनुसार भाडा असुलिन्छ सुबिधा लगभग जिरो नै हुन्छ ।

तपाईले यतिका बिधि सेवा लेखेको A.C. बसमा चढेपछि त्यहि सुबिधाको आशा गर्नु14805485_1159342704120836_1331570009_nलाई अन्यथा मानिदैन पनि तर तपाईले यी सबै सुबिधा बेनी, बाग्लुङ्ग, कुश्मा देखि काठमाण्डौं जाने बसहरुमा खोज्नुभएको छ भने तपाईले पाउने जवाफ भनेको आज बिहानै बिग्रीएको भोली हुन्छ भन्ने पाउनुहुन्छ । तर त्यो भोली कहिले आउँछ कसैलाई थाहा छैन ।

हामीले फ्रि बाईफाइ र A.C. छ भनेर भनेर टिकट काटियो कुश्माबाट काठमाण्डौं जानेबेला सम्म वाईफाई बिग्रीएको छ भनियो यसरी म नै दुई तिन पटक परे भन्दै यात्रु रोसन कुबरले भने यो यात्रुलाई झुक्याउनको लागि मात्रै वाईफाईको बोर्ड राखिएको छ । हामीसँग बाट वाईफाईको समेत हिसाव गरेर टिकट काटिएको छ तर सुबिधा दिईदैन ।

यस्तै अर्का यात्रु दिनेश भुषालले सुचनाकेन्द्र डटकमसँग भने हामीले A.C. फ्रि वाईफाई टिभी सहितको भाडा तिरेका छौं तर यी कुनै पनि सुबिधा बसमा छैनन् । बसमा टिभी छ चल्दैन बिग्रीएको छ, वाईफाई छ पैसा भ्याईएको छ भोली चल्छ, एसी. छ कित बिग्रीएको हुन्छ नबिग्रीएको भए बाग्लुङ्गबाट काडमाण्डौसम्म पुग्दा एक वा दुई घण्टा मात्रै चल्ने गरेको छ । जहाँ कि बाग्लुङ्गबाट काडमाण्डौसम्म पुग्न लगभग १० घण्टा लाग्छ । भुषालले भने यो यात्रुहरुलाई सुबिधा देखाएर लुटेको जस्तै भएको उनको आरोप समेत छ ।

यस्तै ए.सी बसको यात्रामा पर्वतका पत्रकार भवानी प्रसाद शर्मा पनि परेका छन् उनले आफ्नो फेसकुकमा स्टाटस नै लेखेर ब्यावसायीको पैसा कमाउने काईदा भन्दै पोष्ट नै गरेका छन् ।

यता धौलागिरी अंञ्चल यातायात बस ब्याबसायी समितिका अध्यक्ष कुमार खड्काले आफुहरु सुधारको पक्षमा निरन्तर लागेको सुचनाकेन्द्र डटकमलाई बताएका छन् । तपाईहरुले भाडा सुबिधा लेखे अनुसारको लिनी तर सेवा नदिनी देखियो नि ? भन्ने सुचनाकेन्द्र डटकमको प्रश्नमा अध्यक्ष खड्काले भने अब हामी त्यस्ता बसहरुलाई अनुगमन नै गरेर अगाडी बड्ने पक्षमा रहेको बताए ।

त्यस्तै धौलागिरी अंञ्चल यातायात बस ब्याबसायी समितिका महासचिव उमेश केसीले पनि केहि केहिको कमजोरीका कारण पुरै संस्थालाई आक्षेप लागेकाले आफुहरु त्यस्ता बसलाई कार्वाहीको दायरामा ल्याउने तरिकाले नै काम गर्ने बताए ।

अर्का ब्यावसायी तथा बाग्लुङ्ग भगवती यातायातका अध्यक्ष ओम बहादुर खड्काले पनि उस्तै कुरा गरे आफुहरुले लेखे अनुसारको सेवा दिनको लागि कडाई गरिएको र नगरेको पाइएमा कार्वाहीको दायरामा ल्याइने बताए ।

धौलागिरी क्षेत्रबाट बेनी, बाग्लुङ्ग, कुश्मा देखि काठमाण्डौंसम्मको लागि धौलागिरी अंञ्चल यातायात बस ब्याबसायी समिति, बाग्लुङ्ग भगवती यातायात बाबा A.C. लगायतका A.C. बसहरु संञ्चालनमा छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट