मोदीले गर्ने नेपालको लुम्बीनी भ्रमणमा विभिन्न बिशेष एजेन्डाहरु तय

सेयर गर्नुहोस

काठमाडौं। जेठ २ अर्थात् मे १६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने नेपालको लुम्बीनी भ्रमणमा विभिन्न बिशेष एजेन्डाहरु राखिएका छन् ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राले मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने वार्तामा जलविद्युत र कनेक्टिभिटीलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विस्तृत एजेन्डा हुने बताएका हुन् ।

दुई पक्षीय वार्ताकाबीचको सीमा विवाद पनि समेटिन्छ किन नाई भन्ने प्रश्नमा उनले भनेका छन्,’भारतले सधैं विद्यमान द्विपक्षीय संयन्त्र नै मुद्दामा छलफल गर्नको लागि उत्तम माध्यम हो भन्ने कुरालाई कायम राखेको छ र यस्ता मुद्दालाई राजनीतिकरण नगरेर जिम्मेवार ढंगले छलफल गरिनुपर्छ।’

लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले पवित्र मायादेवी मन्दिरको दर्शन गर्नुका साथै लुम्बिनी विकास कोषले आयोजना गरेको बुद्धजयन्ती कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

गत महिना भारत भ्रमणमा गएका प्रधानमन्त्री र देउवाबीच लुम्बीनीमा व्यापक वार्ता हुने बताइएको छ ।

यस्तो घनिष्ठ क्रममा पुनस् भ्रमण भइरहेको तथ्य उच्चस्तरीय आदानप्रदानको निकटताका साथै पारस्परिक लाभकारी साझेदारी उच्चस्तरमा पुगेको प्रतिबिम्ब भएको विदेश सचिव क्वात्राको भनाइ छ ।

Facebook Comments Box