पाकिस्तानी सांसदकाे आपत्तिजनक भिडियाे भायरल
पाकिस्तानको पिटिआई पार्टीका सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतका केही आपत्तिजनक भिडियो सोसल मिडियामा लिक भएका छन् ।
भिडियो लियाकतकी तेस्री श्रीमती दानिया शाहले लिक गरेको बताइन्छ । दानियाले लियाकतसँग सम्बन्धविच्छेदका लागि केही दिन अघि अदालतमा निवेदन दिएकी छिन् ।
दानियाले आमिर लियाकतमाथि कुटपिटदेखि कैद गरेर राखेको र जबर्जस्ती नग्न भिडियो सुट गराएको जस्तो गम्भीर आरोप लगाएकी छिन् ।
सोसल मिडियामा लिक भएको यो भिडियोमा लियाकतलाई नग्न अवस्थामा देख्न सकिन्छ । भिडियोमा बेडमा ड्रग्ससमेत भएको देख्न सकिन्छ ।
यी लिक भएका भिडियोमा लियाकतले ट्वीट गरेका छन्, ‘उनीहरु नग्न भिडियोबारे मेरो धारणा जान्न खोजिरहेका छन् । यसको जवाफ यो हो कि जो व्यक्ति यस्ता खालका भिडियो लिक गर्न जिम्मेवार छन्, उनीहरुको धारणा के छ ? न्यायपालिका कहाँ छ, जसको जिम्मेवारी हरेक नागरिकको सम्मानको रक्षा गर्नु हो, न्यायपालिकाले किन कुनै कदम उठाएन ? फेडरल इन्भेस्टिगेसन अथोरिटीको साइबर विभागले अहिलेसम्म किन कुनै एक्सन लिएन ?’
उनले भने, ‘जो एडल्ट्रीमा लिप्त छन्, उनीहरु राम्रा छन् तर जसले विवाह छान्छन्, उनीहरु खराब छन् । दानियाले जे गरिन्, त्यो विवाहजस्तो सम्बन्धलाई तहसनहस बनाउनु हो ।’
लियाकतले भने, ‘यो भिडियोमा म भएका कारण मानिसहरुले मेरो मजाक उडाइरहेका छन् । यदि यो भिडियोमा कुनै महिला हुन्थिन् भने के उदारवादीहरुले यस्तै खालका व्यवहार गर्थे ?’
