अध्यक्ष पदका उम्मेदवार थापा भने; हाम्राे जीत निश्चित छ

सेयर गर्नुहोस

कपिलवस्तु ।
विजयनगर गाउँपालिकामा नेकपा एमालेकाे तर्फबाट अध्यक्ष पदका उम्मेदवार गाेपाल बहादुर थापाकाे जीत निश्चित रहेकाे नेकपा एमाले विजयनगर गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले बताउनुभएकाे छ । कपिलवस्तुमै एमाले सबैभन्दा ठुलाे र्‍याली विजयनगरमा निकालेकाे दाबी गर्नुभयाे । उहाँले विजयनगर गाउँपालिका नै एमालेमय भइसकेकाे बताउनुभयो । उहाँले जनताको पार्टी एमाले मात्र भएको बताउँदै एमालेकाे जित भइसकेकाे दाबी गर्दै सुर्य चिन्हमा भाेट हाल्न अनुरोधसमेत गर्नुभयो ।

उहाँले पालिका स्तरीय र्‍यालीकाे काेण सभालाई सम्बाेधन गर्दै यस्तो बताउनुभएकाे हाे । उहाँले अध्यक्ष पदका उम्मेदवार गाेपाल थापालाई विजयी बनाउन हजाराैँकाे संख्यामा देखिएकाे जनलहरले थापाकाे जीत निश्चित भएकाे बताउनुभयो । उहाँले जनताले एमालेप्रति देखाएका जनसहभागिताले एमालेकाे प्यानल नै विजयी हुने विश्व व्यक्त गर्नुभयो ।

यस्तै काेण सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गाेपाल बहादुर थापाले अब एमालेलाई कसैले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले विपक्षीले एमालेलाई हराउन विभिन्न षड्यन्त्र रचिरहेकाे बताउँदै सबैले सजक रहन अनुरोध गर्नुभयो । उहाँले यतिबेला तमाम किसिमका पैसा लगायत विभिन्न लाेभ, लालच देखाउन सक्ने भएकाे जिकिर गर्दै आजकाे जनसहभागिताले एमालेकाे जीत सुनिश्चित गरि सकेकाे बताउनुभयो ।

उहाँले विजयनगरबासीले एमालेकाे प्यानललाई अत्यधिक बहुमतले जिताउने विश्वास रहेकाे बताउनुभयो । विजयनगरमा नेकपा एमाले नेतृत्वकाे स्थानीय सरकारले हरेक विकासका काममा नमुना काम गरेकाले फेरि पनि एमाले नै विजयी हुने उहाँकाे भनाइ छ ।

जनताले एमालेकाे नेतृत्वकाे सरकारले सराहनीय कार्य गरेकाे बताउँदै अध्यक्ष पदका लागि थापालाई नै जिताउन आवश्यक रहेकाे बताएका छन् । उहाँहरूले थापाले नै विजयनगरकाे मुहार फेरेकाे बताउँदै सुर्य चिन्हमा भाेट हाल्ने बताएका छन् ।

Facebook Comments Box