८ असार २०८१, शुक्रबार

राजपाको चुनावी आमसभामा जिल्ला देखि केन्द्र का नेता एकै मञ्चमा ।।।

 

कपिलबस्तु ,मंसिर १२ । मंसीर २१ गते हुने आसन्न प्रतिनिधि सभा र प्रदेश सभा को चुनाव लक्षित गर्दै विभिन्न ठाउंमा आम सभा गरी चुनावी प्रचार प्रसार र भोट संकलन गरि रहेका छन | मिति २०७४ मंसीर ११ गते बहादुरगंज मा भएको चुनावी सभा मा व्यापार संघ का जिल्ला संयोजक शिवकुमार गुप्ता को अध्यक्षता मा सम्पन्न भएको छ |जसमा राजपा को बरिष्ठ केन्द्रिय उपाध्यक्ष नरसिंह चौधरी को प्रमुख अतिथ्यमा , इकबाल शाह , केन्द्रिय सचिव एवं क्षेत्र नं. ३ क प्रदेश सभा सदस्य को उम्मेदवार रविदत्त मिश्रा र केन्द्रिय सदस्य एवं क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्य को उम्मेदवार राम प्रकाश चौधरी (बड़कु) , जिल्ला सदस्य शिव भक्त ठाकुर , युवा संघ का जिल्ला संयोजक बिजय चौधरी र समाजसेवी इन्तजार खां ले चुनावी सभा लाई सम्बोधन गरेका छन् र दर्जनौ नेता लगायत हजारौ भन्दा बढ़ी को जन मानस उपास्थिति थियो |
दलित ,मुस्लिम, महिला ,अल्प संख्यक,मधेसीहरु हक हित मा काम गर्ने एक मात्र पार्टी राजपा रहेको छ | सम्पुर्ण वक्ताहरु ले आफ्नो वक्तव्यमा राजपा का सबै उम्मेदवारहरु लाई आफ्नो अमुल्य मतदान गरी बिजयी बनाउन अनुरोध गरेका छन |

धेरै कमेन्ट गरिएका

ताजा उपडेट