ओली सरकारको पालामा नमुनायाेग्य काम : सांसद चाैधरी

सेयर गर्नुहोस

राम अवतार चाैधरी
कपिलवस्तु,

सांसद गंगा चौधरीले नेकपा एमाले तथा केपि ओली सरकारको पालामा धेरै नमुनायोग्य काम भएकाे बताएकी छन् । उनले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ मा आयाेजित बृहत र्‍याली तथा काेणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताइन् ।
अन्य राजनितिक दल भनेका देशलाई विकास भन्दा पनि विनास गर्ने काम बढि गर्ने गरेको आरोप लगाउँदै सकारात्मक पक्षलाई समेत भ्रमात्मक प्रचार गरेकाे जिकिर सांसद चाैधरीले जिकिर गरिन् । देशकाे पहिलाे शक्तिको रुपमा रहेकाे एमाले स्थानीय तहकाे निर्वाचनमा पनि अधिकांश स्थानमा पहिलाे पार्टी हुने उल्लेख गरिन् ।

यसैबीच अभिनेत्री करिश्मा मानन्धरले देशलाई समृद्धि तुल्याउन सुर्यमा मतदान गर्न आम नागरिकलाई आग्रह गरिन् । देश विकास गर्न सक्ने एक मात्र शक्ति भएको पार्टी एमाले भएकोले सबैलाई एमालेमा गोलबद्ध हुनु आजकाे आवश्यकता रहेकाे प्रष्ट पारिन् । आसन्न ३० गते हुने निर्वाचनमा ७ ठाउँमा सुर्यमा छाप लगाएर आफूबाटै देश निमार्णमा कदम चाल्न समेत मानन्धरले जनाइन् ।
यस्तै शिवराज नगरपालिका मेयर पदका उम्मेदवार महादेव पोख्रेलले नगरका टोल-टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताए । ग्रामीण भेगका भित्रि बस्तिहरुमा समग्र विकासको योजना बनाएर सबैलाई समान नजरबाट हेर्ने प्रतिवद्धता जनाए । त्यस्तै नगर उप मे पदका उम्मेदवार शिव कुमारी थारुले ५ बर्षको अवधिमा अधिकांश कामहरु सम्पन्न भएकाे र अझै बाँकि रहेका कामहरु पुरा गर्ने उम्मेदवारी दिएकाे बताउँदै लक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

त्यसैगरी नेकपा एमाले शिवराज नगर कमिटिको आयोजनामा वडा नं २ मद्रहवामा बृहत कोण सभा तथा र्‍यालीमा शिवराज नगरपालिका वडा नम्बर-२ का वडाध्यक्ष पदका उम्मेदवार कल्लु थारुले चुनावी घोषणा पत्र पनि सार्वजनिक गरेका छन् । आफ्नो वडालाई शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा अब्बल बनाउन लागी पर्ने बताए । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उनले जनाए । खरको छानाे मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धतामा उल्लेख गरेका छन् ।
उक्त चुनाव लक्षित घरदैलो बृहत् र्‍याली तथा काेणसभा कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी एमाले पवेश गर्ने नवप्रवेशिहरुलाई सांसद चाैधरीले स्वागत गरेकाे एमाले शिवराज नगर कमिटि अध्यक्षका जगत पौडेले जानकारी दिए ।

Facebook Comments Box