कलाम घरदैलौमा, जनता भन्छन, बिकासको नेतृत्वकर्ता तपाईनै हो, भोट पनि दिन्छौ

सेयर गर्नुहोस

कृष्ण कुमार यादव
महाराजगंज।
शुक्रवार, बैशाख २२, २०७९,

कपिलवस्तु जिल्लामा यतीबेला उम्मेद्धवारहरु मतदाताको घरदैलोमा पुगी रहेका छन । आसन्न स्थानिय तहको निर्वाचन नजिकिएसगैँ नेपाली कांग्रेस महाराजगंज नगरपालिका मेयर पद उमेदवार अब्दुल कलाम पनि यतिबेला घरदैलोमा ब्यस्त रहेका छन ।

नगरभित्रका ११ वटा वडाहरुका मतदाताको घरघरमा पुगी कलामले नेपाली कांग्रेसलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह गरेका छन । उता मतदाताले भने महराजगंज नगरपालिका भित्रको बिकासका लागी अहिले एक पटक अब्दुल कलाम लाई मत दिने बचन दिएका छन ।
मेयरका उम्मेदवार कलामलाई बड़ी कुरा गर्न नआउने, जे हो सत्य बोल्ने, हुन सक्ने काम र हुन सम्भव भए आफै खटीएर काम गर्ने स्वभाव भएकाले अझै १ कार्यकाल कलामलाई मत दिने महारजगंज नागपालिक वडा नः ९ का मतदाता राममिलन पासी ले बताए ।

महाराजगंज नगरपालिका वडा नः ९ वार्ड अध्यक्ष पद उमेदवार उदयराज कुर्मी ,लगायत सम्पूर्ण वार्ड सदस्य घरदैलो कार्यक्रम ब्यस्त रहेका छन ।

मेयर अब्दुल कलामको कार्य कालमा सबैभन्दा बढि बिकास र प्रभावकारी रुपमा सुशासन क्षेत्रमा काम गरेकाले उनी लोकप्रिय मेयरका रुपमा रहेको त्यहाँ का जनता ले बताएको छन ।

Facebook Comments Box