एउटा पाकिस्तानी कालले हल्लायाे त्रिभुवन विमानस्थल , बम पडकिने सुचना
काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भित्र शंकास्पद वस्तु रहेको सूचना आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले सो क्षेत्रलाई खालि गरि सर्च गरेको छ । सुरक्षाकर्मीले सर्च गर्दा त्यस्ता केही शंकास्पद वस्तु नभेटेपछि अहिले टर्मिनल सुचारु गर्ने व्यवस्था मिलाइँदै छ ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालय (टीडीओ)मा पाकिस्तानी नम्बरबाट फोन आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनका अनुसार फोन गर्ने व्यक्तिले फोन गरेर बम एक घण्टा भित्र पड्किने बताएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार थ्रेट कलपछि आन्तरिक ट्रमिनलतर्फको भवनलाई खालि गरेर खानतलासी गर्ने कार्य गरिएको थियो ।
उनका अनुसार त्यहाँ सेनाको बम डिस्पोजल टोलीसहित तीनवटै सुरक्षा निकाय परिचालित गरिएको थियो ।
