कपिलवस्तु ३ मा त्रिपक्षीय भिडन्त फोरम अगाडी ।

सेयर गर्नुहोस

कपिलवस्तु ,मंसिर ९ ।।

चुनाव नजीक हुदै गएकोले प्रत्येक जिल्लामा जस्तै कपिलवस्तुमा चुनावी गर्मी बढेको छ। कपिलवस्तु को प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

फोरम नेपाल बाट लगातार दुई पटक प्रत्यक्ष चुनाव जितेका अभिषेक प्रताप शाह यसपालि काङ्ग्रेसको तर्फबाट रुख चिन्ह लिएर चुनाव लडेका छन भने एमालेको सुर्य चिन्ह लिएर पुर्ब राज्य मन्त्री ईश्वरदयाल मिश्रले चुनावी मैदानमा होमिएका छन ।

अभिषेक प्रताप शाहले फोरम नेपाल छोडे पछि जिल्लाकै वरिष्ठ अनुभवी नेता मंगल प्रसाद गुप्ता लाई फोरमले उम्मेदवार बनाएको हो । मधेस आन्दोलनमा सो क्षेत्रमा तीनै नेताहरु अगुवाई गर्दै गरेको बेला गरिब सर्बसाधारणले मात्रै दुख पाएका थिए भने नेताहरुका विशेष खास मानिएका कार्यकर्ताले तस्करी गरि राम्रो आम्दानी समेत गरेको र हिजो सम्म जुन पार्टी र नेतालाई गाली गरेको र मधेस बिरोधी भनेको आज त्यही पार्टी र नेताको शरणमा आफुलाई समर्पित गरेको उम्मेदवार लाई भोट नदिने आम मतदाताको भएकोले काङ्ग्रेस र एमाले का उम्मेदवारलाई अप्ठ्यारो भएको छ भने सो क्षेत्रमा फोरम नेपाल को बलियो पकड भएको र उसको उम्मेदवार मंगल प्रसाद गुप्ता माथि कुनै किसिम को आरोप समेत न भएकोले गुप्ता को जित्ने सम्भावना बढी रहेको स्थानीयहरुको भनाइ रहेको छ ।

Facebook Comments Box