१६ चैत्र २०८०, शुक्रबार

ओप्पो छिट्टै नेपालकै टप स्मार्टफोन बन्नेछ’

ओप्पो स्मार्टफोन नेपालमा सार्वजनिक भएको लामो समय भएको छैन । तर, यसलाई रुचाउने र ओप्पोप्रति आकर्षित हुनेको संख्या भने उच्च दरमा बढु्दै छ । विश्वकै चौंथो ठूलो स्मार्टफोन उत्पादक ओप्पो नेपाल आएपछि यसले बजारमा नयाँ किसिमको तरंग नै ल्याएको छ । ओप्पो कसरी नेपाली ग्राहकमाझ प्रस्तुत हुँदैछ भन्नेबारे ओप्पो मोबाइल नेपालका प्रमुख कार्यकारी अधिकृत जनी जीसँग गरिएको गरिएको कुराकानीको सार संक्षेपः

 

oppo-ceo-jani-ge-3

जनी जी, प्रमुख कार्यकारी अधिकृत-ओप्पो मोबाइल नेपाल


ओप्पो खासगरी ठूलो जनसंख्या र बजार भएका देशहरूमा सक्रिय छ । नेपाल त एउटा सानो बजार हो । तपाइँको कम्पनीलाई के ले नेपालमा आकषिर्त गर्‍यो ?

हो, नेपाल एउटा सानो बजार हो । तर, स्मार्टफोनको आकर्षक बजार पनि हो । हामीलाई प्राप्त जानकारीलाई आधार मान्ने हो भने नेपालमा मोबाइल फोन प्रयोगकर्ताहरूको संख्या नेपालको जनसंख्या भन्दा बढी भैसक्यो Û उच्च गुणस्तरीय मोबाइल फोनको माग छिटो-छिटो बढिरहेको छ ।

फोर जी सेवा सुरू भैसकेपछि त नेपाल स्मार्टफोन कम्पनीहरूका लागि छिट्टै नै एकदमै आकर्षक मञ्चमा परिणत हुनेछ । यिनै कारणहरूले नै हामीलाई नेपाली बजारमा प्रवेश गर्न, लगानी गर्न प्रेरित गरेका हुन् ।

सामसंगको नेपालमा बलियो उपस्थिति छ । चाइनिज मोबाइल फोनहरू जस्तै हुवावेइ, जियोनी र जाओमी नेपाली बजारमा प्रवेश गरिसकेका छन् । नेपाली बजार सानो छ, प्रतिस्पर्धा कडा छ । आफ्ना उत्पादनहरूले बजारमा स्थान पाउन् भन्नाका लागि कस्ता योजना ल्याउनुभएको छ ?

हाम्रो दृढ निश्चय छ, हामी यहाँको सबैभन्दा लोकपि्रय ब्राण्ड बन्नेछौँ । हामीसँग यसका लागि ज्यादै आक्रामक योजना छ, जसले बिक्री र बजार प्रवर्द्घन दुबै क्षेत्रलाई समेटेको छ । अबको १२ महिनाभित्र हामीले ५०० वटा बिक्री केन्द्रहरू र आठवटा एक्स्िपरियन्स स्टोर स्थापना गर्ने लक्ष्य लिएका छौँ ।

यी संरचनाहरूले हाम्रा उत्पादनहरूलाई ग्राहकहरूको अझ नजिक पुर्‍याउनेछन् । हामीलाई थाहा छ, स्थानीय उपभोक्ताहरूका लागि वारेण्टी एउटा चासोको विषय हो । त्यसैले हाम्रा उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुनुभन्दा धेरै पहिल्यै हामीले सिटी सेन्टर मलमा हाम्रो पहिलो ग्राहक सेवा केन्द्र स्थापना गर्‍यौँ । यसले इंगित गर्दछ, हाम्रा लागि ग्राहकको सन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो ।

ओप्पोको तर्फबाट ग्राहकहरूका लागि एउटा खुशीको खबर छ । तीस दिन सम्मको लागि हामी वन-टु-वन एक्स्चेन्ज पलिसी अफर गर्दैछौं ।

साथै हामीले स्थानीय मिडियासँग धेरै सकारात्मक सम्बन्ध विकसित गरिसकेका छौँ। हामीले टिभी, पत्रपत्रिका र अनलाइन छापालाई समेट्ने गरी एकदमै आक्रामक विज्ञापन योजना तयार गरिसकेका छौँ । हाम्रा लागि नेपाल एक महत्वपूर्ण बजार हो, किनभने नेपाली स्मार्टफोन बजार बिस्तारको ठूलो सम्भावना छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्यामा भैरहेको वृद्घी र फोर जी सेवाको शुरूवातलाई हेरेर यसो भन्न सकिन्छ । हाम्रो लक्ष्य हो नेपालको एक उत्कृष्ट मोबाइल ब्राण्ड बन्ने । अबको तीन महिनासम्म हामी राजधानी काठमाडौंमा केन्दि्रत हुनेछौँ, त्यसपछि हामीले हाम्रा गतिविधि पोखरामा बिस्तार गर्नेछौं ।

ओप्पोका कुन-कुन मोडल नेपालमा ल्याउने योजना छ? बजार प्रवेश गर्दाको बेला ग्राहक लक्षित कुनै आकर्षक योजना पनि ल्याउँदै हुनुहुन्छ कि ?

हामी जम्माजम्मी तीन मोडल लिएर नेपालमा प्रवेश गरेका छौँ । ती हुन् एफ १ एस, ए ३७ र नियो ७ । स्थानीय ग्राहकहरूका आवश्यकताहरू र क्रयशक्तिलाई ध्यानमा राखी हामीले फरकफरक मूल्य भएका मोडलहरू नेपाली बजारमा ल्याएका हौँ ।

oppo-ceo-jani-ge-4
सेल्फी एक्सपर्ट एफ १ एस मध्यमवर्गदेखि उच्च क्रयशक्ति भएका ग्राहकहरूका आवश्यकताहरूलाई ध्यानमा राखी ल्याइएको हो । यसको मूल्य ३२ हजार ३९० रुपैयाँ छ । ए ३७ चाहिँ मध्यमश्रेणीको फोन हो, जसको मूल्य २१हजार ५९० रुपैयाँ छ । यसैगरी नियो ७ को मूल्य १४ हजार ९९० छ निर्धारण गरिएको छ । हरेक मोडलका आआफ्ना विशेषताहरू छन्, क्यामाराको कार्यसम्पादन उत्कृष्ट छ ।

ओप्पोको सफलतामा अफलाइन बिक्री संजालहरू र आक्रामक बजार प्रवर्दनको ज्यादै महत्वपूर्ण भूमिका छ । के तपाइँहरू नेपालमा पनि यही रणनीति अवलम्बन गर्नुहुन्छ ?

प्रथमतः अफलाइन बिक्री संजालहरू र आक्रामक बजार प्रवर्द्घन गरेर मात्रै ओप्पोले सफलता प्राप्त गरेको होइन । हामी विश्वास गछौँहाम्रो उत्पादन-केन्दि्रत रणनीति नै हाम्रो सफलताको सबैभन्दा महत्वपूर्ण कारक हो । सुदृढ अफलाइन बिक्री संजाल र आक्रामक बजार प्रवर्द्घन ओप्पोकासबल पक्षहरू रहिआएका छन् ।

हामीले नेपालमा निश्चय नै यी सबल पक्षहरू अवलम्बन गर्नेछौँ । हामीले थाहा पाएको एउटा अर्को कुरा पनि छः ओप्पोले ती स्थानहरूमा सफलता प्राप्त गर्छ, जहाँ उपभोक्ताहरूले फोन किन्ने निर्णय गर्नुअघि त्यसलाई आफ्नै हातले चलाएर त्यसका विशेषताहरू जान्ने अवसर पाउँछन्, प्रत्यक्ष अनुभव गर्ने मौका पाउँछन् । सन् २०१५ मा अफलाइन बिक्रीको आधारमा हामी दोस्रो ठूलो स्मार्टफोनको रूपमा स्थापित भएका थियौँ चीनमा । एक नम्बरमा थियो एपल ।

दक्षिणपूर्वी एशियामा पनि प्रत्यक्ष अनुभव ज्यादै महत्वपूर्ण पक्ष हो । स्मार्टफोनको गुणस्तर र वितरकहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने हाम्रो प्रतिबद्घताले हामीलाई भारत र बंगलादेश जस्ता बजारहरूमा बलियो बनाएको छ । साथै ओप्पोलाई एउटा प्रतिष्ठित ब्राण्डको रूपमा स्थापित गर्नमा बजार प्रवर्द्घनको पनि महत्वपूर्ण भूमिका छ ।

अफलाइन बिक्री संजालहरू संचालन गर्न महँगो पर्छ । ओप्पोका उत्पादनहरूलाई प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराउन तपाइँसँग केकस्ता योजना छन् ?

ओप्पोले उच्चस्तरीय फोन उत्पादन गर्दछ । गुणस्तर र विशेषताहरूको आधारमा भन्न सकिन्छ, ओप्पोका फोनहरू महँगा छैनन्, ज्यादै सुपथ मूल्यमा उपलब्ध छन् ।

फोन प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न र उत्कृष्ट सेवा प्रदान गर्न हामी लागिपरेका छौँ । अफलाइन बिक्री संजालहरू निर्माण गर्नुको उद्देश्य हो हाम्रा उत्पादनहरूमा ग्राहकहरूको सहज पहुँच सुनिश्चित गर्नु ।

अबको दुई वर्षमा नेपालको स्मार्टफोन बजारको कति हिस्सा ओगट्ने लक्ष्य छ ?

इमान्दारीका साथ भन्नुपर्दा तपाइँलाई यसलाई ठयाक्कै अङ्कमा प्रस्तुत गर्नु असाध्यै गाह्रो छ । तर हाम्रो विश्वास छ, जबसम्म हामी उत्कृष्ट गुणस्तरका उत्पादनहरू बजारमा ल्याइरहन्छौँ, जबसम्म हाम्रा मोबाइल फोनलाई सर्वसुलभ बनाइरहन्छौँ, तबसम्म धेरैभन्दा धेरै ग्राहकहरूले ओप्पो क्यामरा फोन प्रयोग गर्न मन पराउनेछन् ।

काठमाडौंले ओप्पोका उत्पादनहरूलाई साह्रै मन पराएको छ, खासगरी सेल्फी एक्सपर्ट एफ१एस ज्यादै लोकपि्रय छ । हाम्रो दृढ विश्वास छ ओप्पो छिट्टै नै नेपालमा ‘टप स्मार्टफोन’ को रूपमा स्थापित हुनेछ ।

 

onlinekhabar.com बाट  साभार

धेरै कमेन्ट गरिएका

ताजा उपडेट