११ असार २०७९, शनिबार

भारतीय स्थल सेनाध्यक्षमा मनोज पाण्डे नियुक्त , नेपाली सेनाले दियो बधाई

भारतीय स्थल सेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएका छन् । हालै सेनाध्यक्षमा नियुक्ति भएका उनलाई नेपाली सेनाले बधाई दिएको छ ।
बुधबार प्रधानसेनापति प्रभुराम शर्माले भिडियो कन्फरेन्स मार्फत उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग, उनको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरेको नेपाली सेनाले जनाएको छ ।

साथै, उक्त अवसरमा भारतीय थल सेनाध्यक्ष जनरल पाण्डेले प्रधान सेनापति महारथी शर्माले दिएको नेपाल भ्रमणको निम्ता स्वीकारेका छन् । सो क्रममा उनले आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दिलाएको सेनाको भनाइ छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट