मधेशका दलालहरुलाई भाेट नदिन पुर्व कृषि मन्त्री शाहकाे अाग्रह ।।
कृष्णनगर ,मंसिर ९ । अाज कृष्णनगरमा राजपाकाे मञ्चलाई सम्बाेधन गर्दै पुर्व कृषि मन्त्री इकबाल अहमद शाहले कांग्रेस ,एमालेमा गएका मधेशी नेताहरुलाई भाेट नगर्न अाग्रह गरेका छन ।
राजपाकाे चुनावी मञ्चमा कपिलबस्तु क्षेत्र न: ३का प्रत्यासी नरसिहं चाैधरी , रजिदत्त मिश्र , बडकु चाैधरी काे संयुक्त मञ्चलाई सम्बाेधन गर्ने क्रममा पुर्वकृषि मन्त्री इकबाल शाहले मधेश अान्दाेलनमा तस्कारी गराउने नेताहरुले अाज राष्ट्रबादीका कुरा गरेर भाेटमाग्दै छन , ती दलाल नेताहरुलाई भाेट नगर्न अाग्रह गरेका छन । मधेशी जनतालाई छ महिनासम्म नाकाबन्दीेपछि अाफ्नाे स्वार्थले एमाले, कांग्रेसकाे पछाडि लागेकाले अब मधेशका हितमा लड्ने एकमात्र पार्टी राजपा रहेकाे पुर्वमन्त्री शाहकाे ठहर छ । त्यसैले अब राजपाकाे छाता निसानमा भाेट दिएर एमाले र कांग्रेस मुक्त मधेश बनाउन मञ्चबाटै अाग्रह गरे ।
कार्यक्रममा कपिलबस्तु प्रदेश सभा ३ (क) र (ख)का रामप्रकाश चाैधरी तथा रविदत्त मिश्रले पनि मधेश हितकाे एकमात्र पार्टी राजपालाई मात्र मतदान गरि अाफ्नाे स्वभिमान जाेगाउन सबै लाग्नुपर्ने बताएका थिए ।