८ आश्विन २०८०, सोमबार

कांग्रेस र कम्युनिष्ट मधेशी हितकर छैन्न , भाेटका लागि प्रयाेग मात्र गर्छ ।।

कृष्णनगर, मंंसिर  ९ ।
छ महिनाकाे मधेश अान्दोलन र नाकाबन्दीपछि पनि मधेशकाे माग सम्बाेधन नगर्ने कांग्रेस र एमाले सत्ताका स्वार्थीमात्र हुन ।

अाज संघीय समाजबादी फाेरम नेपालका नेताहरुले शनिबार बजारका दिन पारेर मञ्चबाटै अाराेप लगाएका छन । कपिलवस्तु प्रतिनिधि सभा ३ का उम्मेदवार मंगल प्रसाद गुप्ताले कांग्रेस र एमाले सत्ता प्राप्तिका लागि मात्र मधेशी जनतालाई प्रयाेग गरेकाे अाराेप लगाउदै अबकाे चुनावमा मसालमा मात्र मतदान गर्न अवहान गरेका छन । मञ्चका मधेशी नेताहरुले कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु मधेशीलाई राैं पनि नदिने वक्तव्य उठाउदै अब मधेशमा मधेशी ,थारु, मुस्लिम र जनजातिकाे शासन हुने ठाेकुवा गरेका छन ।
त्यसतै फाेरमबाट प्रदेश सभा प्रत्यासी शैलेष प्रताप शाहले अाफ्ना प्रतिद्वन्दी कांग्रेसका विरेन्द्र कानाेडियाले सुगर मिल सर्लाही लगेर यश क्षेत्रकाे बिकासमा बाधक रहेकाे अाराेप लगाएका छन । पेशाले व्यापारी कानाेडियाले उखु किसानलाई सरकारी मुल्यभन्दा कम पैसा दिदै अाएकाे र अहिलेपनि पचीस रुपैयाँ प्रति कुन्टलका दरले कराेडाैं रकम हिनामिना गरेकाे शाहले अाराेप लगाएका छन । स्व: मिर्जा दिलशाद बेगकाे हत्यामा पनि कानाेडियाकाे नाम अण्डरवर्ड डन बब्लु श्रीवास्तवका साथ मुछिएकाे थियाे । यस्ता नेतालाई जिताएर बिकास हाेईन बिनास मात्रै हुने शाहकाे भनाई थियाे । मञ्चका धेरैजसाे मधेशी नेताले कांग्रेस र बामगठबंधनलाई भाेट दिएमा मधेशी प्रतिनिधत्व घट्छ जसले गर्दा हाम्राे अधिकार कटाैती हुने मंचन गरेका थिए । मञ्चमा प्रदेश सभा समानुपातिक उम्मेदवार अकरम पठान , कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहकाे उपस्थिति थियाे । कार्यक्रमबाटै यही साेमबार संघीयसमाजबादी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र केन्द्रिय नेतृ करीमा वेगम बहादुरगंजकाे विसाै बगैचामा अामसभा सम्बाेधन गर्ने जानकारी सममानुपातिका प्रत्यशी रामबरण यादवले जानकारी गराएका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट