एमाले अध्यक्षका उम्मेदवार गोपाल  थापाको अठोट : विजयनगरलाई समृद्ध नमूना गाउँपालिका बनाउँछौ

सेयर गर्नुहोस

विजयनगर।। विजयनगर अनलाइन विजयनगर ।गाउँपालिका प्रमुख पदका उम्मेदवार, विजयनगर गाउँपालिका १५ वर्षदेखि विजयनगरको राजनीतिमाअनवरत रूपमा लागेका गोपाल  थापा नेकपा एमालेबाट विजय भइ एक कार्यकाल पूरा गरेका   अहिले विजयनगर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिकाप्रमुखको उम्मेदवार हुनुहुन्छ । विजयनगरमा स्थापित नामका रूपमा परिचित गोपाल थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुनुहुन्छ । हाल विजयनगरको इन्चार्ज  रहनु भएका थापा उम्मेदवार बन्दै गर्दा गरिएको संक्षिप्त कुराकानीः

बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा विजयनगर गाउँपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएको छ, तपाईंले जित्ने आधार के छन् ?

हामी विजयनगरलाई समृद्ध बनाउने, श्रमजीवीका सवालहरूलाई उठाउँदै सम्बोधन गर्ने,यहाँ उद्योगी व्यवसायीको हित प्रवद्र्धन गर्दै रोजगारमूली बनाउने र भ्रष्टाचार मुक्त नमूना गाउँपालिका बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो एजेन्डा छ । त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति र आम विजयनगरबासीको साथ र सहयोग छ ।

शिक्षा र स्वास्थ्यमा तपाईंको योजना के हो ?

हामी सार्वजनिक विद्यालयलाई स्तरोन्नति गर्दै गुणस्तरीय शिक्षालय बनाउँछौं । निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौं । सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौं । सामुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्थागर्ने छौँ । विजयनगरमा बेटि बचाउ, बेटि पढाउ नितिलाई  कार्यनयन गर्ने भइरहेका स्वास्थ्य केन्द्र र अस्पताल व्यवस्थापन गर्दै  स्वास्थ्यबीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनगर्ने छौँ । निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौं ।

सुशासनका लागि तपाईंको प्रयत्न र प्रतिबद्धता के हुने छ ?

विजयनगरलाई सुशासनयुक्त बनाउन चुस्त र दुरूस्त कर्मचारी प्रशासन बनाइने छ । भइरहेका करार र सबैखाले कर्मचारीको स्थायित्व गर्दै उनीहरूलाई प्रोत्साहन नीति मार्फत काममा लगाइने छ । विजयनगर भित्र भएका सबै कर्मचारीलाई नयाँ उर्जाका साथका मगर्ने वातावरण तयार गर्दै कर्मचारी र जनप्रतिनिधि बीचको समन्वयलाई प्रभावकारी बनाइने छ ।लामो समयदेखि सेवा गरिरहेका कर्मचारीलाई सम्मान र नयाँ कर्मचारीलाई प्रविधियुक्त तालिम दिएर प्रोत्साहनगर्ने काम अगाडि बढाउने छौं । भ्रष्टाचारमा मात्र नभई ढिलासुस्तीमा समेत शुन्य सहनशीलता अपनाउने छौं ।

विजयनगरका सुकुम्बासी समस्या समाधान कसरी गर्ने योजना छ ?

विजयनगरमा रहेका सबै सुकुम्बासीको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने छ । कुनै पनि सुकुम्बासी परिवार घरबारविही नहुने छैनन् । विजयनगरमा रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिनेछ । सुकुम्बासी  बस्तीलाई सडक, विद्युत, खानेपानी पु¥याउने कार्यलाई तिव्रता दिइने छ ।

विजयनगरको मुख्य समस्या नदि कटान हो । यसलाई नियन्त्रण गर्नको लागि तपाईकोको योजना कसरी अघि बढ्छ ?
हामी नदि कटान क्षेत्रको पहिचान गरीत्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं । कटानमुक्त हुनका लागि  खोलाहरूमा तटबन्ध र त्यस छेउका बस्तीको व्यवस्थापन गर्छौं ।

योजना कार्यान्वयन गर्नको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

संघीय तथाप्रदेश सरकारसँगको समन्वय र अनुदानहरू, दातृ निकायसँगको सहकार्य र आन्तरिक स्रोतहरूको पहिचान र करकानयाँ क्षेत्रहरु खोजी गरी स्रोतको व्यवस्थापन गरिनेछ ।

Facebook Comments Box