राेकिएन तस्करी : एक कन्टेनर केराउ पक्राउ

सेयर गर्नुहोस

 

विराटनगर । प्रहरीले आइतबार राति विराटनगरबाट तस्करीको केराउ बरामद गरेको छ। भारतबाट अवैधरूपमा नेपाल ल्याइएको केराउ विराटनगर महानगरपालिका–१० पिपल चोकबाट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बोरामा प्याक गरी ना ३ ख ७८१२ नम्बरको कन्टेनरमा राखेर ल्याइएको ८४ बोरा केराउ बरामद गरिएको हो । यसअघि नेपालबाट भारततिर मटर, केराउलगायतको तस्करी हुने गरेको थियो । तर, अहिले प्रहरीले बरामद गरेको केराउ भने भारतबाट नेपाल ल्याएको पाइएको डीएसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार बरामद गरिएको केराउ ४ हजार २ सय किलो ग्राम छ । तस्करीको केराउ लोड गरिएको कन्टेनरसहित चालक काभ्रेको पाँचखाल–६ का गोपालनाथ राईलाई पनि पक्राउ गरिएको श्रेष्ठले बताए । केराउ कसको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्करीको केराउ, कन्टेनर र चालकलाई आवश्यक कारबाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

Facebook Comments Box