१६ चैत्र २०८०, शुक्रबार

मानव अधिकार र चेलीबेटी बेचबिखन संस्थाहरु लाई सक्दाे सहयाेग गर्ने : नेपाली दुताबास

कपिलबस्तु, कार्तिक २८ । नेपालमा मानव बेचबिखन बिरूद्ध र मानव अधिकार एबं बाल अधिकारको पक्षमा बिरूद्ध कार्यरत ४० संस्थाहरूको छाता संगठन एटबीनको एक प्रतिनिधि मण्डलले भारतको राजधानी दिल्लीको अध्ययन अबलोकन भ्रमण पूरा गरी नेपाल फर्केको छ ।

यस अबसरमा दिल्लीस्थित कार्यरत नेपाली सामाजिक संघसंस्थासँग अन्तर्क्रिया गरी नेपाली महिला तथा किशोरीहरूको पक्षमा काम गर्न तथा उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।
एटवीनका कार्यकारी समिति सदस्य एबं के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईका अनुसार नेपाली राजदुताबासमा आयोजित छलफलमा एटवीन प्रतिनिधि मण्डलले नेपाली महिला र किशोरीका लागि अल्पकालिन पुनर्स्थापना गृह स्थापना गर्नुपर्नेमा जोड दिएको थियो । दुताबासले यस बिषयमा तत्काल पहल अघि बढाउने बताउँदै एटवीनको यस अभियानमा एकसाथ अघि बढ्न तयार रहेको दुताबासका प्रतिनिधि सिर्जना अधिकारीले बताउनुभयो ।
यसैगरी एटवीनले दिल्ली महिला आयोगका (DCM) अध्यक्ष स्वाती मतियालसँग छलफल छलफल गर्यो। अध्य मतियालले DCM ले गरेका अभियानबारे जानाकारी प्रदान गर्दै बेचबिखनमा परेका नेपाली किशोरी र महिलाको उद्धार र पुनर्स्थापनाका लागि क्रियाशिल एटवीन सदस्य संस्था के. आई नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । नोभेम्बर ६ देखि ११ सम्म दिल्लीमा रहेको उक्त टोलीले महिला तथा बालबालिकाको संरक्षण र पुनर्स्थापनामा कार्यरत प्रयास, क्रिया, चेतना, बटरफ्लाइज लगायतका बिभिन्न संस्थाहरूसँग छलफल र अन्तरक्रिया गरेको के. आई. नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीले बताउनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट