मेयरका उम्मेदवार थापाको प्रतिवद्धता पत्र सार्वजनिक,भष्ट्राचार मुक्त नगर बनाउने

सेयर गर्नुहोस

कपिलवस्तु ।

शिवराज नगरपालिकाको मेयरका उम्मेदवार अजय थापाले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । राप्रपाको पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन । थापाले प्रतिवद्धता पत्रमा भष्ट्राचार मुक्त नगर बनाउने विषयलाइ प्राथमिकतामा राखेका छन् । भष्ट्राचार गरेर खानु भनेको आमाको रगत खानु सरह हुने भन्दै अनियमितता, भष्ट्राचारको जालोमा फसेको नगरलाई भष्ट्राचार मुक्त नगर बनाउने उद्धघोषक गरेका छन् ।

३८ बुदे प्रतिवद्धता पत्रमा कृषि,शिक्षा स्वास्थ्य रोजगार लगायतलाई प्राथमिकता दिइएको छ । सार्वजनिक स्थलहरुमा फ्रि वाइफाइ सिसिटिभि क्यामरा र सडक बत्ती जडान गरिने बताइको छ । ७० वर्ष पुरा भएका वृद्धवृद्धालाई सरकारले दिएको भत्तामा नगरपालिकाले मासिक ५ सय रुपैया थप गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

निष्पक्ष,सेवामुलक र भष्ट्राचारमुक्त स्थानीय तह निर्माण,एक वर्ष भित्र सुकुम्वासि समस्या व्यवस्थापन,फरक क्षमता भएका व्यक्तिहरुलाई एक विशेष विद्यालयको व्यवस्था गरिने थापाले बताउनुभयो ।

थापाले व्यक्ति वा समुहको विचार वाट पाटी बन्ने र स्थानीय तहमा पाटी भन्दा राम्रो व्यक्ति रोज्नुपर्ने बतानुभयो । नगरवासिको चाहाना अनुसार आफुले उम्मेद्धवारी दिएको बताउँदै जिताउन सबैको सहयोग हुने जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा राप्रपाका प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले शिवराजको विकास र समृद्धिको लागि युवा नेतृत्व आवश्यक रहेकोले अजय थापा लगायतको टिमलाई बिजय गराउन आग्रह गर्नुभयो । उपमेयर पदकी उम्मेदवार विपसा थारुले महिला दिदि बहिनिहरु सचेत भएर हलोमा मतदान गर्न आग्रह गर्नुभयो ।

Facebook Comments Box