नेपाल–भारत सांस्कृतिक मेला सुरु

कैलाली : नेपाल–भारत सांस्कृतिक पर्यटन व्यापार प्रवद्र्धन मेला आजदेखि यहाँ सुरु भएको छ।
नेपाल टेन्ट व्यवसायी सङ्घ कैलाली शाखाको आयोजनामा गोदावरी एक्स्पो २०१६ तथा नेपाल–भारत सांस्कृतिक पर्यटन व्यापार प्रवद्र्धन मेलाको उद्घाटन (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले गरे।
नेता भट्टले यो मेलाले जातीयवादलाई प्रहार गरेको भन्दै देशमा रहेका सबै जातजातीले एकअर्काको भाषा, संस्कृतिलाई सम्मान गर्नुपर्ने धारणा राखे।
मेलामा नेपालका पाँच विकास क्षेत्रमा रहेका परम्परागत तथा लोकप्रिय सांस्कृतिक कार्यक्रम तथा भारतको लोकप्रिय मयुर नाच, मुगल नाच र कच्ची घोडीजस्ता प्रसिद्ध परम्परागत सांस्कृतिक नृत्यको प्रदर्शन गरिने मेला आयोजक समितिका संयोजक विनोद मल्लले बताए।
मेला कात्तिक १४ गतेसम्म चल्ने मेला आयोजक समितिले जनाएको छ। रासस
Facebook Comments Box