अध्यक्ष उम्मेदवार जानकी यादवसहितकाे टोली गाउँ गाउं व्यापक प्रचारमा
विजयनगर , बैशाख १८ ।
आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिकामा जसपाले चुनावी प्रचारप्रसारलाई एकदमै तीव्रता दिएको छ ।
जसपाका पालिका अध्यक्ष प्रत्यासी जानकी यादव लगायत जसपाका वडा अध्यक्ष पदका प्रत्यासीहरु घरदैलो कार्यक्रममा व्यस्त रहेको छन्। गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जानकी प्रसाद यादव लाई विजयी बनाउने पक्षमा स्थानीयले जोड दिएका छन्।
जसपाको चुनावी प्रचारप्रसारका लागि धेरैको संख्यामा पालिकालाई जसपामय बनाई जिताउनुपर्ने भन्दै घरदैलो कार्यक्रमामा कार्यकर्ता, समर्थक ,स्थानीय युवा र जनताहरु होमिएका छन् । समावेशी नेतृत्व समृद्ध देशका जसपाले जोडदा हिमाल, पहाड र मधेश मुल नाराका साथ छाता चिन्हमा भोट हाल्न आग्रह गर्दै घरदैलो अभियानमा जसपाका सबै जुटेका छन् ।
बिजयनगर गाउँपालिका बासीहरु परिवर्तन खोजेका छन , त्यसैले अध्यक्ष पदका उम्मेदवार यादव र तिनका प्यानललाई बिजयी बनाउन अथक प्रयास गरेका छन्।जसपा नेतृत्वमा आउन पाए मात्र जनताका आशा, आकांक्षाहरुले पुरा हुने पालिका अध्यक्ष प्रत्यासी यादवले बताउनुभयो ।
उता पालिका उपाध्यक्षकी उम्मेदवार गुन्जेश्वरी चौधरीले सबैको हकहितका लागि जसपा पार्टी मात्र एउटा विकल्प रहेको दाबी गर्नुभयो । उहाँले भन्नुहुन्छ ” यदि हामीले सोचेको जस्तो नतिजा आयो भने पालिकाको चौतर्फी बिकास संगै काया पलट हुने स्थानीय बासीहरुलाई आश्वासन दिदै घर दैलोमा व्यस्त रहेकी छिन्।
स्थानीय बासीले विजयनगरमा परिवर्तन खोजेकाले जसपालाई जिताउनुपर्ने भन्दै जसपाका पक्षमा जनलहर र चहलपहलले विजयनगर गाउँपालिका जसपामय बन्दै गएको स्थानीयले बताउंछन् ।
