१३ बैशाख २०८१, बिहीबार

हसिलो मुहारभित्र लुकेको अन्तर-कथा

पशुपति गिरी- 

मेरो नाम पशुपति गिरी हो।हाल म कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका  वडा नं. ८ मा आफ्नो पढाइलाई निरन्तरता दिदै र  परिवारसंग खुशी साथ जीवनयापन गरिरहेकाे छु । गरिब भई जीवन यापन गर्दाको पिडा मलाई राम्ररी थाहा छ । मेरो जन्म २३ वर्ष अगाडी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ३ काे परिवारमा जेठाे  छोराको रुपमा भएको थियो। घरमा आमाबुवा बहिनी,भाइ र २वटी दिदी गरि ७ जनाको परिवारमा कमाउने मेरो बुवा १ जनामात्र हुदा अभावै अभावको जीवन थियो हाम्रो।  जेठाे छोरा भएकोले सानै उमेरदेखि अर्काको घरमा मजदुरी गरी जिविका चलाउनु पर्ने बाध्यताबाट पिडित थिए म ती दिनहरु सम्झिदाआज पनि मेरोआखांबाटआसु झर्छ।हुनत सबैले आफ्नो पीडा बाहिर निकाल्न चाहदैनन् त्याे स्वभाविक नै हाे ।अभाब र गरिबीको जिवनचक्र संगै दिनहरु वित्दै थिए, सानो उमेरमै विवाह गर्नुहुदैन भन्ने कुरा पढ्दै आएकाे थियौँ थाहा हुदाहुदै पनि  २ वटी दिदिहरूकाे विवाह भयाे ।

जब घरको परिस्थिति बाध्यताले मानिसलाई कतिबेला के गर्ने भन्ने साेच पनि नआउदाे रहेछ।बुवा घरपरिवारको सपना पूरा गर्न विदेश जानू भएकाे थियाे तर ती सपना पूरा नहुदै गएको १बर्षमै दुर्घटनामा पर्नुभयाे जिन्दगी पनि कति अजीब छ नि है भन्न त भन्ने गर्छन दुख पछि सुख एकदिन अवस्य आउँछ भनेर तर अधुरा सपना लिएर घर फर्किनु भयाे ।जब दिदिहरूकाे विवाह भयाे त्यसपछि मलाई झन झन जिम्मेवारी थपिदै गयाे घरको  जेठाे बाठाे छाेरा भाइ बहिनीलाई पढाउनु छ घरपरिवारको अधुरा सपना पूरा गर्नु पनि छ म भखर S.L.C दिएकाे थिए।अझै पढ्न मन थियो तर घरको अवस्था देख्दा कसरी पढ्न सकिन्थ्यो हाेला ?  सपना हुरीले उडाए जस्तै भयो अर्थात थाहा पाए फुसको झुप्रो मात्र पो आफ्नो रहेछ त्यस मुनिको जमिन त अर्कैको रहेछ । जुनै वेला पनि हटाउन सक्ने।सायद बुवाले दुख पाएर हाेला मलाई विदेश भनेपछि मन पर्दैन थियाे। म जसरी भएपनि नेपाल मै केही गर्छु भन्ने साेच्थे ।गरिब भए पनि धेरै मेहेनती थिए S.L.C काे रिजल्ट राम्रो आयाे। आमाले भन्ने गर्नुहुन्थ्यो जति दुख पाएपनि पढ् छाेरा म तलाई पढाउछु आमा  कति महान हुन्छिन् नि है।भाडामा खाना होस या नहोस आफै भोकै बसेर भएपनी सन्तानको निमित्त त्यो भाडो कैले खाली भएन।त्यसैले त होलानी हेर्नुत मर्न लागेका बृद्ध देखि भर्खर जन्मेका बच्चाको त्यो कमलो छालारुपि जिब्रोमा पहिलो शब्द नै आमा हुन्छ भनेर। चाहे त्यो सुख होस या दुख जुनसुकै परिस्थितिमा पनि गुनगुनाउने शब्द हो आमा।

२०७४ साल थियो त्यतिबेला निर्वाचनमा म्यादी प्रहरी खुलेको थियो म पनि सहभागी भए आमा काे आशिर्वादले त्यसमा छनाेट पनि भए म सँगसँगै पढेका साथीहरू काेही डाक्टर पढ्न गए काेहि जापानी भाषा पढ्न गए तर म त्यहीँ गाउँमै बसे जब म्यादी प्रहरीमा छनाेट भए मलाई तब पढ्ने आशा पलायो मैले साेच्थे +२ पास गर्न सके राम्रो जागिर पाईन्छ भनेर म कक्षा ११ मा भर्ना त भए तर म्यादी मा जानू पर्ने म त्यतिबेला सितगंगा नगरपालिका काे सिपलपानी भन्ने ठाउमा खटिएकाे थिए ।  कक्षा ११काे परिक्षा दिन पनि नपाउने भएको थिए साेचे मेराे पढाइ यति सम्म मात्र रहेछ तर मलाई सरले फाेन गरेर भन्नुभयो पशुपति घरमा परिवार बिरामी हुनुहुन्छ १ दिन लाई विदा दिनु भनेर आउ एउटा परिक्षा दिएपछि १२ पढ्न पाइन्छ भनेर भगवानले मेरो कुरा सुने जस्तै लायाे त्यसतै भयाे जसाेतसाे एउटा परिक्षा दिए ।म्यादी प्रहरीकाे ३ महिना पनि बित्याे त्यसबाट धेरै थाेरै कमाएको थिए । गाउकै कलेजमा पढेर पनि हाेला त्यति खर्च पनि लागेको थएन। कक्षा११ र १२ काे परीक्षा एकैपटक दिनुपर्ने थियाे किनकि ११ काे जम्मा एउटामात्र परिक्षा दिएको थिए। रातभरि नसुति पढे राति ४ बजे सम्म पढ्थे मलाई जसरी भएपनि +२ पास गर्नु थियो । ११र१२ काे परिक्षा दिएर इन्डिया तिर गए हाेटेलमा टेबल सफा गर्ने काम मा लागेकाे थिए।जसरी भएपनि घरपरिवार चलाउनु पर्थेयाे भाइ बहिनीलाई पढाउनु पनि थियो ।

जसोतसो गुजारा चलिरहेको थियो।गाउँमा भन्ने गर्थे घरको आर्थिक अवस्था नभएपछि छाेरालाई विदेश पठाउन छाेडेर पढाउने पास हुदैन याे अब भनेर तर केही समयमै रिजल्ट आयाे राम्रो अंकमा पास भए कक्षामा तेस्रो स्थान भएको थिए।  अब त +२पनि पास भए राम्रो जागिर पाउछु हाेला भन्नि साेचे अब इन्डिया बसेर हुदैन नेपालमै जान्छु ।नेपाल आए हातमा +२ काे सटिफिकेट लिएर बुटवल ,काठमाडौं तिर धाए तर कतै काम पाइएन जनतन काम पाएपनि हाेटेलमा भाडा माझ्ने,टेबुल सफा गर्ने काम पाइन्थाे त्यसमा पनि दलाललाई दिनु पर्ने रे अब के गरू दाेधारमा थिए। राम्रो देश जाउ भने लगानी धेरै लाग्छ घरमै अवस्था कमजोर छ नेपालमा कतै जागिर पाइदैन  समस्याको उपाय केहि नपाएर छटपटाइ रहेदै थिए ।

कपिलवस्तुका एक जना दाईले एउटा काम छ भाइ तिमीले पढ्न पनि पाउछाै भन्नू भयाे  म खुसी भए भगवानले मेराे लागि नै उहालाई यहाँ पठाएको हाेला भने काम मासु पसलमा थियाे सबै गर्नुपर्थेयाे हातमा +२ काे सटिफिकेट छ काम भने मासु काट्नेमा तर मलाई कुनै पनि काम सानो ठुलाे लाग्दैन थियाे।घरपरिवारको लागि आफ्नो पढाइको लागि भएपनि काम गर्नु पर्ने थियाे। म कपिलवस्तुकाे वा.न.पा ८ मा बसेर त्यहि काम गर्न थाले नजिकै सिद्वार्थ क्याम्पस थियाे त्यसैमा भर्ना पनि भए छुट पनि पाएकाले मलाई सहज भयाे एउटा केटाले काम गर्दै घरपरिवार चलाउदै आफू पनि पढ्दै भाइ बहिनीलाई पढाउदै जिम्मेवारी बहन गर्दै तर मैले जिन्दगी देखि हार मानेको थिएन धेरैले हाैसला दिन्थे त्यहि भएरपनि हाेला। स्नातक पहिलो बर्ष पास गरे पढ्न राम्रै आएको थियो काम गर्दै पढ्दै गरेर पनि सजिलैसँग पास हुन्थे।पहिलो बर्षदेखि नै मिल्दै आएका साथीहरू  विकास ,अनिस,केशव  मिलनसार सहयाेगी भनिन्छ नि दुख सुख मा साथ दिने भनेकै साथि हाे हामी एकदमै मिल्ने साथि छाै। धेरै जना सँग चिनजान हुँदै गएको थियो त्यसैले मैले १बर्षपछि बल्ल आफ्नो पढाइ अनुसारको काम पाएकाे थिए ।काम राम्रो थियो काम गर्ने अपिसमा सरहरू,म्याडमहरूले आतिनु हुदैन मेहनत गरेपछि एकदिन सफल भैइन्छ भनी हाैसला सहयोग साथ दिनुभयो ।

मैले बल्ल महसुस गरेर दुख पछि सुख आउँछ भन्थे हाे रहेछ जस्तो लागेयाे अहिले घरपरिवार सँगै बस्न पाएकाे छु भाइ बहिनीले पढेका छन् मैले पनि पढ्न पाएकाे छु ।साथीभाइ बनाएकाे छु ।सायद आफुले भाेगेर हाेला अहिले आफ्नै राेजगार अभियान छ ७७ जनालाई जागिर लगाई सके।पहिलो लकडाउन मा अति विपन्न परिवारलाई राहत बाड्न हिडे एक जना अनिस साथि र म भएर  पछि साथीहरू सगँ मिलेर सामाजिक कार्य गर्दै आएको छु। आफुले भाेगेर पनि हाेला गरिब दुखिलाई सहयाेग गर्न पाउँदा आन्नद आउछ। मेराे वास्तविक कथा बाट के सन्देश दिन्छ भन्दा आतिनु हुदैन धैर्य गर्नुपर्छ एकदिन सफलता अवस्य पनि हुन्छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट