जनताकाे हकहितका लागि राप्रपालाई जिताऔँ : रजाैरिया

भाेला गुप्ता, कृष्णनगर ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे वडा नम्बर १० मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा सम्मेलन सम्पन्न गरेकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै राप्रपाका केन्द्रीय सदस्य तथा प्रमुख अतिथी पुष्षा रजौरियाले जनताको हकअधिकार र हितका लागि राप्रपाले गर्ने भएकाले कृष्णनगर मेयर पदका उम्मेदवार दिपक रजाैरियालाई जिताउन आग्रह गर्नुभयो । देशकाे विकास गर्न राप्रपा पार्टीले मात्र चाहेकाे उहाँले बताउनुभयो । देशमा उल्लेखनीय परिवर्तनका लागि राप्रपा आवश्यक रहेकाे जिकिर कृष्णनगरमा चाैतर्फी विकासका लागि दिपक रजाैरिया मेयरमा आउन आवश्यक रहेकाे बताउनुभयाे । कार्यक्रमका अतिथिहरुलाई रजाैरियले खाँदा ओेढाई सम्मानसमेत गर्नुभयो ।
यस्तै कार्यक्रममा बाेल्दै राप्रपाका क्षेत्रीय सभापति प्रताप सिंह चौधरीले जनताको अधिकार सुनिश्चित गर्नका लागि राप्रपा नै देशमा बलियो भएकाे बताउनुभयाे ।
यसैबीच राप्रपा कृष्णनगरका नगर अध्यक्ष जय प्रकाश गुप्ताले समस्त वडा बासीलाई जनताको हितका लागि आफ्नो महत्वपूर्ण मतलाई चुनाव चिन्ह हलाेमा मतदान गर्नका लागि अनुरोध गर्नु भयाे । उहाँले राप्रपा जनताकाे पार्टी भएकाे बताउँदै देश विकास लागि राप्रपाले मात्र एउटा पार्टी भएकाे बताउनुभयो ।
यस्तै मेयर पदका उम्मेदवार दिपकले जनताकाे सेवामा अहाेरात्र खट्ने बताउनुभयाे । कृष्णनगर नगरपालिकालाई नमुना उत्कृष्ट नगरपालिका बनाइ सहजरूपमा जनतालाई सेवा,सुविधा प्रदान गर्ने दाबी गर्नुभयो ।
यस्तै वडाध्यक्ष पदका उम्मेदवार राम प्रकाश बरईले वडाबासीलाई आफ्नो अमुल्य मत चुनाव चिन्ह हलाेमा दिन अपिल गर्नुभयो । उहाँले सम्पूर्ण प्यानललाई विजयी बनाउनुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रममा जिल्ला सचिव प्रेम शंकर शुक्ला, नगर अध्यक्ष प्रताप चौधरी, उम्मेदवार वडाध्यक्ष राम प्रकाश बरई तथा वड़ा सदस्य राज कुमार यादव, बुधई मुराऊ, महिला वडा सदस्य गिरजा देवी उपाध्याय, दलित महिला सदस्य उर्मिला देवी धोबी लगायत ५ सय बढीको उपस्थिति रहेकाे थियोे ।
कायर्क्रम राम प्रकाश बरईकाे अध्यक्षता, जेष्ठ नागरिक रामनाथ यादवकाे स्वागत मन्यव्य रहेकाे कार्यक्रममा कार्यकर्ता, समर्थक, स्थानीय लगायतकाे उपस्थिति थियोे ।
शुक्रबार कृष्ण नगरपालिकाका सम्पुर्ण गाउँमा एक एक थान डिप बोरिङ जडान गर्नका लागि राप्रपाले निर्णय र केही वडामा आजैदेखि सर्वे सुरूवात गरेका राप्रपाले जनाएको छ ।
