४ बैशाख २०८१, मंगलवार

स्वास्थ्यकर्मी नआएपछि स्वास्थ्यचौकीमा तालाबन्दी

ओखलढुंगा, कात्तिक ५ – दसैँ विदामा घर गएका ओखलढुंगा विगुटारको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय नफर्किएपछि स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

दसैँ विदा सकिएको लामो समयसम्म पनि कर्मचारी कार्यालयमा नफर्किएपछि स्थानीय राजनीतिक दल, युवा समूह, आमा समूह सञ्जाललगायतको रोहबरमा तालाबन्दी गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले कर्मचारी नआएको जानकारी गराउँदा पनि नसुनेपछि अर्काे निर्णय नहुन्जेलसम्म तालाबन्दी गरेको  विगुटारका स्थानीय उत्तम कटुवालले बताउनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट