विजयनगरमा छायो एमाले, थापाको समर्थनमा छुट्टै रौनक

सेयर गर्नुहोस

कपिलवस्तु ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको वडा कमिटीले जनाएको छ । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गोपाल बहादुर थापालाई विजयी बनाउने पक्षमा पृथक किसिमले रौनकता देखिएको छ ।
एमालेको चुनावी प्रचारप्रसारका लागि सायौँको संख्यामा एमालेलाई जिताउनुपर्ने भन्दै घरदैलो कार्यक्रमामा कार्यकर्ता, समर्थक र जनताहरुले होमिएका छन् । समृद्ध देशका लागि नेकपा एमाले नै विकल्प भएको भन्दै सुर्य चिन्हमा भोट हाल्न आग्रह गर्दै घरदैलो अभियानमा उनीहरु जुटेका छन् ।

नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गोपाल बहादर थापाले ५ वर्षभित्र बजेट, स्रोत, साधनले भ्याएसम्म उल्लेखनीय विकास गरेको बताउँदै निमार्णाधिन अवस्थामा बाँकी अधुरा कामहरुलाई फेरि एमालेको नेतृत्वमा गर्न पाए मात्र जनताका आशा, आकांक्षाहरुले पुरा हुने बताउनुभयो । जनताको भरोसाको केन्द्र एमाले भएको बताउँदै सुर्य चिन्हमा भोट हाल्न आग्रह गर्नुभयो । उहाँले फेरि एमालको सरकारको जीतपश्चात फेरि विजयनगराबासी जनतामा उल्लेखनीय परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै उपाध्यक्षकी उम्मेदवार लक्ष्मी कुमारी चौधरीले नागरिकको हकहितका लागि एमाल पार्टी मात्र भएको दाबी गर्नुभयो । उहाँले एमालले गाउँपालिकाको विकासका लागि जनाएको प्रतिबद्धतालाई पुरा गरेको जिकिर गर्दै फेरि पनि विजयनगर एमाले जित्न आवश्यकता रहेको बताउनुभयो ।

स्थानीय मंगल भाँटले विजयनगरमा फेरि एमालेलाई जिताउनुपर्ने भन्दै यहाँ देखिएको जनलहर र चहलपहलले विजयनगर गाउँपालिका एमालेमै बन्दै गएको बताउनुभयो । निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका थापाले विजयनगरमा हरेक पुर्वाधारमा भएको विकासको कामको राम्रो मुल्याङ्कन जनताले गर्दै फेरि थापालाई जिताउन आवश्यक रहेको बताउनुभयो । उहाँले थापा एक विकासप्रेमी, शलिन व्यक्ति भएको बताउँदै थापाका उत्कृष्टले कामले जनताले उहाँलाई अत्याधिक बहुमतमा जिताउने दाबीसमेत गर्नुभयो ।

यस्तै शंकर थारुले चुनावी जनताले गाउँपालिकाको सम्मुन्नत विकास र समृद्धिका लागि नेकपा एमालेलाई नै जिताउनुपर्ने बताउनभयो । एमालेलाई अन्य राजनैतिक दलहरुले विभिन्न दलसँग गठबन्धन गरि षडयन्त्रमा लागेको बताउँदै सबै जनताले एमालेलाई अब्बल बनाउनुपर्ने बताउनुभयो । उहाँले एमालेले जिते मात्र विकास र समृद्धि भई देशमा परिवर्तन आउने जिकिर गर्नुभयो ।

 

Facebook Comments Box