सुकुम्बासि बस्तिको समस्या पहिलो प्राथमिकतामा रहन्छ: मेयर पदका उमेद्धार पोख्रेल

सेयर गर्नुहोस

केशव बेल्वासे, कपिलवस्तु – आफुले चुनाव जितेपछि शिवराज नगरपालिका वडा नं २ हल्लानगरमा रहेको सुकुम्बासि बस्तिको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने मेयर पदका उमेद्धार महादेब पोख्रेलले बताउनु भएको छ ।

नेकपा एमालेबाट शिवराज नगरपालिका मेयर पदको चुनावि प्रतिस्प्रधामा रहनुभएको पोख्रेलले सुकुम्बासी बस्तिलाई लालपुर्जा वितरण गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हल्लानगरमा आयोजित पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले यस्तो बताउनुभएको हो ।

नगरवासिलाई सन्तुष्टि हुनेगरी काम गर्ने बताउदै नागरीकबाट आएका मागलाई सम्बोधन गर्दै अगाडि बढ्ने बताउनुभयो । साथै नगरलाई खरको छाने मुक्त गने प्रतिवद्दता समेत ब्यक्त गर्नुभयो ।

Facebook Comments Box