विजयनगरमा थापाकै चहलपहल, जनता भन्छन्; फेरि पनि अध्यक्षमा थापा हुनुपर्छ
कपिलवस्तु ।
निर्वाचन नजिकिएसँगै नेकपा एमाले समर्थक मात्र नभएर विजयनगरका बौद्धिक एवं सामाजिक जनमतसमेत थापालाई दोहोरिनुपर्ने पक्षमा देखिन्छन् । अध्यक्षको कार्यकालमा विजयनगरमा उल्लेखनीय काम भएका छन् । अधिकांश काम सम्पन्न भए पनि केही आयोजनाहरू निर्माणाधीन आवस्थामा छन् । त्यसमध्ये निर्माण सम्भव भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका यी मुख्य योजना सम्पन्न गर्न गोपाल बहादुर थापको नेतृत्व आवश्यक रहेको विजयनगरबासीको अभिमत व्यक्त गरेका छन् ।
नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गोपाल बहादु्र थापाले ५ वर्षको कार्यकालमा प्रदेशकै पालिकाको तुलनामा विजयनगरमा नमुना काम गरेको बताउँदै अझै बाँकी काम तथा योजनालाई पुरा गर्नका लागि फेरि जिताउन मतदातासँग आग्रह गर्नुभयो । थापाले गाउँपालिकाको हरेक कार्यलाई अब्बल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेको नेतृत्वको सरकारले मात्र देशमा विकास गरेको र देशका जनताको हकअधिकारका लागि एमाले नै चाहिने दाबी गर्नुभयो ।
यस्तै उपाध्यक्ष पदकी उम्मेदवार लक्ष्मी कुमारी चौधरीले ५ वर्षमा भएको कार्यको मुल्याङ्कन गरेर पुनः जनताले विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वहारा र गरिब जनताको पार्टी एमाले भएको बताउँदै सुर्य चिन्हमा मतदान गरि विजयी बनाउन अपिल गर्नुभयो ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संगठन र विजयनगर अनेरास्ववियु नेताहरुले नेकपा एमालेलाई जिताउन सक्रियता भएका छन् । समृद्धि नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न संगठनहरुले यस स्थानीय चुनावमा एमालेलाई विजयी बनाउन होमिएका विजयनगर राष्ट्रिय युवा संगठनका अध्यक्ष दिपेन्द्र मोहराले बताउनुभयो ।
यस्तै अभियान खटिएका विजयनगर अनेरास्ववियु अध्यक्ष श्रीकृष्ण पौडेलले नेकपा एमालेको सरकारले देशमा उल्लेखीय परिवर्तन ल्याएको बताउँदै फेरि पनि एमालेको नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।
स्थानीय रमेश थारुले ५ वर्षको कार्यकालमा थापाले चौतर्फी पुर्वाधारको विकासमा उल्लेखनीय परिवर्तन ल्याएको बताउँदै विजयनगरको विकासका लागि थापाको विकल्प नभएको बताउनुभयो ।
थारुले गाउँपालिकाको सबैभन्दा विकट मानिने वडा नम्बर १ थापाकै अथक प्रयासले यस दुर्गम क्षेत्रमा सुगमताको महसुुुस गराएको बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, सडक लगायत पुर्वाधारको विकासमा राम्रो फड्को मारेको बताउनुभयो ।

