अध्यक्ष यादव कै जिल्लामा जसपा छाेडेर भागाभाग

सेयर गर्नुहोस

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा कार्यकारिणी समितिका सदस्य मनिष सुमनको गृह जिल्ला सप्तरीमा जसपामा पहिरो गएको छ ।

जसपाबाट राजविराज नगरपालिकाको मेयरमा चुनाव जितेका शम्भुप्रसाद यादवले जसपा छाडेका छन् । उनले माओवादी केन्द्रबाट राजविराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।
यसैगरी सप्तरीकी महिला नेतृ प्रमिला साहले पनि जसपा छाडेकी छिन् । उनले माओवादी केन्द्रबाट राजविराज नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छिन् ।
यसैगरी जसपाबाट राजविराज नगरपालिकामा चुनाव जितेका वडाध्यक्षहरुले पनि जसपा छाडेको घोषणा गरेका छन ।

वडाध्यक्षहरुमा हरिहर यादव नेपाली कांग्रेसमा, लाली यादव माओवादी केन्द्रमा तथा राजेन्द्र यादव एमालेमा प्रवेश गरेका छन् ।

 

Facebook Comments Box