काँग्रेस शिवराज : मेयर खनाल,उपमेयर रायमाझी

कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गरेको छ ।काग्रेसवाट मेयरपदमा हुमकान्त खनाल, उपमेयरमा शारदा रायमाझी सहित सम्पुर्ण वडाको पदाधिकारीहरुले उम्मेदवारी दर्ता गरेको शिवराज नगर सभापति मधु पोख्रेलले जानकारी दिनुभयो ।
नेपाली काग्रेसका जिल्ला उपभापति समेत रहेका खनाल शिवराज क्षेत्रका लोकप्रिय नेताको रुपचा चिन्न सकिन्छ । आज निर्वाचन अधिकृतको कार्यालय पुगि काग्रेसले मनोनयन दर्ता गरेको हो । सलिन तथा स्वच्छ छवि भएका खनाल लामो समय देखि नेपाली काग्रेसको राजनिति गर्दै आएका छन् ।
त्यस्तै नेपाली काग्रेसले नगरका ११ वटै वडा अध्यक्ष सहित सदस्यहरुको मनोनयन दर्ता गरेको छ । वडा न १ मा बिनोद कुवर,वडा न २ मा राम बहादुर थारु ,वडा ३ मा राजु खराल,वडा न ४ मा शिव संकर चौहान,वडा ५ मा हरि प्रसाद पोखरेल,वडा न ६ वडा सत्रुधन कुर्मी,७ पुजारी चौधरी,वडा न ८ मा रिजवान मुसलमान,वडा न९ मा हरि श्रेष्ठ वडा न १० मा देवराज भारती र वडा ११ मा रामेश्वर बर्माले उम्मेदवारी दिनुभएको छ ।
