विजयनगर अध्यक्षमा यादवकाे उम्मेदवारी , थापासंग कडा प्रतिस्पर्धा

सेयर गर्नुहोस

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष पदमा जानकी प्रसाद यादवले उम्मेदवारी दिनु भएको छ ।
सोमबार निर्वाचन कार्यालयमा पुगी जनता समाजवादी पार्टीबाट जानकी प्रसाद यादव मेयर पदमा उम्मेदवारी दिनुभएको हो ।
दुई बर्ष पहिला कांग्रेस पार्टी आवद्ध उनि महाधिवेशनमा गाउंपालिका संयाेजकमा जीतेका थिए तर पार्टीले टिकट नदिएकाले जसपामा प्रवेश गरि विजयनगर गाउंपालिका प्रमुखमा उम्मेदवारी दिएका हुन ।

यश स्थानीय तहकाे निर्वाचनमा निवर्तमान गाउंपालिका अध्यक्ष गाेपाल बहादुर थापा र जानकी यादवबीच सीधा मुकाबला हुने स्थानीयहरु बताउँछन् ।

Facebook Comments Box