अजय थापा राप्रपा प्रवेश

सेयर गर्नुहोस

कपिलवस्तु –नेपाली कांग्रेश शिवराजका युवा नेता अजय थापा हजारौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन । नेपाली कांग्रेश शिवराजबाट मेयर पदका आंकाक्षि थापाले दलको नेतृत्वले आश्वासन मात्रै दिएर विभिन्न जालझेल गरेर आफुलाई पन्छाएको भन्दै राप्रपामा प्रवेश गरेका हुन ।

कांग्रेशमा टिकट नपाएपछि राप्रपामा प्रवेश गरेका छन ।थापा गत प्रदेश सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र न ३ क बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । पार्टी प्रवेश गराउँदै लुम्विनि प्रदेश कोषध्यक्ष सइद अहमद मुसलमानले थापालाई शिवराजका मेयरको उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

राप्रपा शिवराजका मेयर पदका उम्मेदवार सइद अहमदले आफुले पाएको टिकट थापालाइ दिएर शिवराजमा नगर देखि वडा सम्म जित निश्चित जस्तै भएको बताए । राप्रपा शिवराज सबै उम्मेदवारको मनोनयको तयारीमा रहेको राप्रपा शिवराजका अध्यक्ष राम बहादुर रायमाझिले जानकारी दिए ।

Facebook Comments Box