कपिलवस्तु नेकपा एमालेका प्रभावशाली नेता जैसवाल जसपामा प्रवेश

कपिलवस्तु नेकपा एमालेको प्रभाव शाली नेता शिव प्रसाद जैसवाल, जसपामा प्रवेश गर्नु भएको छ ।
आइतबार एक कार्यक्रम बिच जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, सहसराम यादव,शिवपुजन यादव , सुमन शर्मा लगाएत संयुक्त जसपाको नेताहरुको टोलिले टिका लगाई प्रवेश गराउनु भएको जसपा ले जनाएको छ ।
जैसवाल नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज समेत रहेका
एमाले बाट मेयर पद को आकांक्षी जैससवाल टिकट नपाउने निश्चित भए पछी आफू सहित युवा नेता शाह नवाब लगाएत सयौं नेता तथा कार्यकर्ता संगै जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ ।
जैसवाल असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन्। जैससवाल जसपामा प्रवेश गरे संगै बैशाख ३० गते हुने स्थानीय चुनावमा जित सुनिश्चित रहेकोे आकांलन हुन थालिएको छ ।
जैसवालले पार्टीको टिकट पाउने भएसि चर्चा परिचर्चा भैईरहेको छ । जैसवालको जसपामा प्रवेशले कृष्णनगर बासि नेता,कार्यकर्ताहरुमा खुसयाली छाएको छ ।
