नेकपा एसबाट शिवराजको मेयरमा क्षेत्र बहादुरले उमेद्धारी दिदै

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एसका नेता क्षेत्रबहादुर खत्रिले उमेद्धारी दिनुहुने भएको छ ।
नेकपा एकृकित समाजवादि कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य खत्रिले शिवराजको मेयर पदमा भोलि उमेद्धारी दर्ता गराउने नेकपा एस शिवराज नगर कमिटि अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।
नगरको सम्रग विकासको लागि खत्रिले उम्मेदवारी दिने जानकारी दिनुभयो । खत्रिको उम्मेदवारी घोषणाले बजारदेखि चोक चौराहमा उनकै चर्चा सुरु भएको छ ।
समुन्नत नगर निर्माणका लागि सामाजिक न्याय र समावेशिताको संवैधानिक मर्मलाई आत्मसात गर्दै अगाडि बढ्ने खत्रिको भनाई छ । चुनावि माहोल बढ्दै गर्दा खत्रिको उमेद्धारी दर्ताले बजार पाउनाका साथै छुट्टै माहोल पनि सृजना गरेको स्थानियको भनाई छ ।
Facebook Comments Box
