विजयनगरमा नेकपा एमालेको दोहोरियो पुरानै अनुहार

सेयर गर्नुहोस

कपिलवस्तु –विजयनगर 
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले विजयनगरले उम्मेदवारको नाम टुंगो लगाएको छ । पालिकाका ७ वटै वडामा आइतबार उम्मेदवार टुंगो लगाएको एमाले गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए ।
गाउँ पालिका अध्यक्षमा गोपाल बहादुर थापा मगर र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष पदको उम्मेदवारमा १ मा इन्नर थारु , २ मा नेपाल चौधरी, ३ मा बुद्धिराम अर्याल , ४ मा तिलक राम कडेल , ५ मा अनवर मोहम्मद मुस्लमान , ६ मा प्रेम बहादुर कलवार , ७ मा दिनेश कुमार चौधरी लगाएत सदस्यमा केही फेरबदल भए पनि प्राय पुरानै अनुहार उम्मेदवार रहेकोे एमालेले जनाएको छ ।

Facebook Comments Box