एमालेले टुंग्यायोे कपिलवस्तुका ४ पालिकाका उम्मेदवार

सेयर गर्नुहोस

कपिलवस्तु –एमाले कपिलवस्तुले राजमार्ग क्षेत्रका जिल्लाका ४ वटा पालिकामा मेयर उपमेयरको उम्मेदावरी टुंगाएको छ । जस अनुसार बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रिता थारु , बुद्ध भूमिको मेयरमा पिताम्वर खनाल र उपमेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उपमेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेदवारी पाउनु भएको छ ।

यसैगरी विजयनगरमा अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुले उम्मेदवारी पाउनु भएको छ । अन्यपालिकाको हकमा कतिपयमा नटुंगिएको र कतिपयमा मेयर टुंगिएपनि उपममेयर टुंगाउन वाँकी रहेको भन्दै विवरण सार्वजनिकगरिएको छैन । यी पालिका मध्ये ३ वटा एमालेले जितेका पालिका हुन् ।

Facebook Comments Box